नेपाल वायुसेवा निगमको आन्तरिक उडानमा शुक्रबार प्राविधिक गडबडीले उडान अवरुद्ध भएको छ । काठमाडौंबाट भोजपुरका लागि उडेको ट्विनअटर प्राविधिक समस्याका कारण बीचमै फर्किनुपरेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन् ।
जहाजमा १५ जना यात्रु सवार थिए । सरकारी स्वामित्वको वायुसेवा कम्पनीले आन्तरिक उडानका लागि प्रयोग गर्ने यो एक मात्र विमान हो। समस्याका कारण निगमका सबै आन्तरिक उडान रद्द भएका छन् । शनिबारका लागि तय गरिएका उडान समेत रद्द भएका छन् । उडान रद्द भएपछि निगमले यात्रुले तिरेको हवाई भाडा फिर्ता गर्ने आश्वासन दिएको छ ।
निगमसँग तीनवटा ट्विनअटर भए पनि एउटा उड्नै नसक्ने अवस्थामा छ भने अर्को लामो समयदेखि मर्मत हुन सकेको छैन । (RSS)