कम्पनीलाई सार्वजनिक गर्ने प्रस्ताव पारित गर्दै आईएमईको २२ औं साधारणसभा सम्पन्न भएको छ । योसँगै आइएमई अब देशकै पहिलो पब्लिक रेमिट्यान्स कम्पनी बन्ने भएको छ ।
भर्खरै सम्पन्न वार्षिक साधारण सभामा संक्षिप्त प्रतिक्रिया दिँदै आइएमई ग्रुपका अध्यक्ष तथा संस्थापक चन्द्रप्रसाद ढकालले २३ वर्षअघि सानो स्तरमा आइएमईको स्थापना भएको स्मरण गर्नुभयो ।
यसबाहेक, धेरै शुभचिन्तकहरूको विचार र सल्लाहको बाबजुद निजी क्षेत्रबाट विदेशी मुद्रा नेपालमा ल्याउनु जटिल र चुनौतीपूर्ण प्रक्रिया हो।
आइएमईका अध्यक्ष ढकालले आइएमई पहिलो पब्लिक रेमिट्यान्स कम्पनी बनेकोमा खुसी व्यक्त गर्दै कम्पनीलाई सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
त्यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए ।
समूहका वरिष्ठ उपाध्यक्ष तथा आईएमईका निर्देशक सुमन पोखरेल र समूहका फाइनान्स निर्देशक दीपक शर्माले साधारणसभामा बधाई तथा खुशी व्यक्त गरेका छन् ।
नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने भएको छ ।
आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कम्पनीले छिट्टै आइपीओ जारी गर्ने बताए ।
यस प्रक्रियाका लागि कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि यो प्रक्रिया अघि बढ्नेछ।
दुई दशकभन्दा बढी समयदेखि, आईएमई रेमिट्यान्स समाधानहरूको एक प्रमुख प्रदायकको रूपमा रहेको छ।
आईएमईले विश्वभर उच्चस्तरीय मनि ट्रान्सफर सेवाहरू प्रदान गर्दछ। आईएमईको विश्वव्यापी पहुँचको फलस्वरूप झण्डै २०० राष्ट्रबाट रेमिट्यान्स मुलुक भित्रिन्छन्।