उज्यालो चन्द्रागिरि अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिकामा सडक बत्ती जडान सुरु भएको छ । यसै आर्थिक वर्षमा यसका लागि विनियोजन गरिएको बजेटबाट अभियानअन्तर्गत नगरपालिकाभर पाँच हजार बत्ती जडान गरिने भएको छ ।
नगरपालिकाले गत आर्थिक वर्ष कलंकी–नागढुंगा–पिपलामोड खण्डको मुख्य राजमार्गमा सडक बत्ती निर्माण गरेको थियो । सडक बत्ती जडान गर्ने ठाउँको पहिचान गरी नगरपालिका कार्यालयमा निवेदन दिन पनि नगरपालिकाले नगरवासीलाई आह्वान गरेको छ ।
सडक बत्तीसँगै नगरपालिकाले प्रत्येक वडामा विभिन्न सार्वजनिक स्थानमा सीसीटीभी क्यामेरा र नि:शुल्क वाईफाई समेत जडान गरिरहेको छ । सीसीटीभी र वाइफाइ जडानको काम छिट्टै सुरु हुने उनले बताए ।
यसका लागि सबै खरिद प्रक्रिया पूरा भइसकेको र सडक बत्ती र सिसिटिभी क्यामेरा जडान गर्ने कामलाई तीव्रता दिइने नगरपालिकाले जनाएको छ । (RSS)