काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
बा ३ ख ४३८५ नम्बरको बस ब्रतबन्धका लागि बानेथोकको च्याल्टीबाट बनेपा फर्कने क्रममा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार हालसम्म १७ जनाको मृत्यु पुष्टि भएको उनले बताए।
प्रहरी प्रमुख जोशीले १३ जनाको घटनास्थलमा र ४ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए। घाइतेहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।