काठमाडौं । आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन नचाहेपछि बैठक भंग भएको हो ।
भेटमा कुरा राम्रो नहुँदा प्रचण्ड अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोटतर्फ लागेका छन् ।
विशेष गरी आफैं प्रधानमन्त्री बन्ने दौडमा रहेका प्रचण्ड पहिलो सिफ्टमा आफूलाई प्रधानमन्त्री दिनेसँग मिलेर सरकार बनाउने दौडमा छन् ।