काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सपथ ग्रहणपछि आफूले गर्ने कामको योजना सार्वजनिक गरेका छन् ।
उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गृहमन्त्रीको हैसियतमा यो पहिलो निर्णय भएको बताउँदै उनले आवश्यक कागजी तयारी गर्न सचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिए ।