काठमाडौं । राहदानी विभागको अनुगमन गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने त्रिपुरेश्वर पुगेका छन् ।
राहदानी विभाग, यातायात कार्यालय जस्ता उपभोक्ताको भीडभाड हुने कार्यालयको सेवालाई सरकारले सहज बनाउने निर्णय गरेपछि उनी विभागमा पुगेका हुन् ।
यी दुई सेवा लिन सर्वसाधारणले दैनिक लामो लाइनमा उभिनुपर्ने बाध्यता छ ।
सरकारले सुधारका लागि पहल थालेको छ ।