बिहीबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम (सीएमपी) पाँच दिनभित्र तयार गर्न मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो ।
समितिको अध्यक्षता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ ।
तर, एमालेका महासचिव शंकर पोखरेलले बिहीबार राति सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै उक्त समितिको संयोजक अर्थमन्त्री विष्णु पौडेल रहने बताएका छन् ।
यसका साथै सरकारका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र पनि बनेको उनले बताए ।
मन्त्री पौडेलको अध्यक्षतामा गठित मस्यौदा समितिमा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका डा धवल शमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीका डा मुकुल ढकाल सदस्य रहनेछन् ।
अर्थमन्त्रीको सचिवालयले गठबन्धनको न्यूनतम साझा कार्यक्रम मुलुकको अर्थतन्त्र सुधारमा केन्द्रित हुने जनाएको छ ।