प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्ष २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले २०२३ सालले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन् ।
उनले नेपाल र नेपाली जनताको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक रुपमा लाग्न पनि आह्वान गरेका छन् । (RSS)