काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २५ गते विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री दाहालले संसद सचिवालयका महासचिव भरतराज गौतमलाई त्यसको व्यवस्था मिलाउन पत्र लेखेका छन् ।
नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीले पदमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
नेकपा एमालेसहित सात राजनीतिक दलको समर्थनमा दाहाल गत पुष १० गते प्रमुख कार्यकारी पदमा नियुक्त भएका थिए ।
प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।