काठमाडौँ । राहदानी विभागमा प्राविधिक ‘सिस्टम’ समस्याका कारण आज राहदानी वितरण सेवा अवरुद्ध भएको छ ।
प्रणालीमा प्राविधिक समस्या आएपछि राहदानीसम्बन्धी सबै सेवा ठप्प भएको विभागले जनाएको छ ।
विभागका निर्देशक दुरपदा सापकोटाले प्रणाली पूर्णरुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने बताए । विभागले आजदेखि अर्को सूचना नआएसम्म राहदानी लिन विभागमा नजान आग्रह गर्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।
त्यसैगरी राहदानी आवेदनका लागि अपोइन्टमेन्ट मिति बुक गरिसकेका सेवाग्राहीहरुलाई विभागले तोकिएको मितिमा विभागमा आउन अनुरोध गरेको छ । (RSS)