जुम्ला । जिल्लाको तिला गाउँपालिकाले नगरपालिकाका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान सुरु गरेको छ । तिला गाउँपालिकाका अध्यक्ष रोकायाले गाउँपालिकाका नौ वडाका महिलालाई सिमी खेती, खरायो टोपी बनाउने, सिलाई लगायतका सीपमूलक तालिम दिइएको र अनुगमनमा विशेष जोड दिइएको बताए ।
मंसिर २५ गतेदेखि सुरु भएको यहाँका महिलालाई ढाका बुनाई सम्बन्धी एकमहिने सीप विकास तालिम दिइएको नगर उपाध्यक्ष गोरिकला बुढाले जानकारी दिनुभयो । “महिलालाई केन्द्रमा राखेर आत्मनिर्भरताको तालिम सञ्चालन गरेका छौं,” उपाध्यक्ष बुढाले भने, “हामीले नगरपालिकाका नौ वडाका १६ जना महिलालाई ढाका बुनाई तालिममा पठाएका छौँ। उनीहरूले राम्रोसँग सीप सिकेका छन्।”
तिलाका महिलालाई आत्मनिर्भर बनाउन तालिम दिइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागू गर्न आवश्यक रहेको बताइन् ।