धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदका लागि आज शुक्रबार पुनः मतदान हुँदैछ ।
बिहीबार भएको निर्वाचनमा प्रदेश सभामा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि मतदान हुँदैछ ।
आज फेरि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा मतदानको कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ५० जनाले मतदानमा भाग लिएका छन् । यसरी सभामुख निर्वाचित हुन २७ मत आवश्यक थियो ।
उनका अनुसार बिहीबार सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भीम भण्डारीले २६ र नेपाली कांग्रेस गठबन्धनका उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए । भण्डारीले माओवादी केन्द्र, एमाले, नागरिक स्वतन्त्रता र राप्रपाबाट जम्मा २९ मत पाए पनि दुई सांसद अनुपस्थित रहे र एक मत बदर भयो ।
रावललाई कांग्रेस, संयुक्त समाजवादी पार्टी र एक स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।