पोखरामा आइतबार बिहान भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएका ६८ जनाको शव अस्पताल पुर्याइएको छ ।
सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्याएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
अस्पतालमै शवको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । परिवारलाई अस्पतालमा बोलाएर सनाखतको काम भइरहेको हो।
क्रेन, डोरी लगायतको प्रयोग गरी बेपत्ता रहेका चार जनाको खोजी गरिरहेको छ।
उनका अनुसार अहिलेसम्म ३८ जनाको सनाखत भएको छ। अन्यको पनि सनाखत गर्ने काम भइरहेको छ। परिवारलाई अस्पतालमा बोलाएर सनाखतको काम भइरहेको हो।