मुगु । मंगलबार बिहानदेखी हिउँ लगातार हिउँ पर्न थालेको छ । हिउँ परेपछि जनजीवनमा कष्टकर हुदै गएको छ ।
भारी हिमपातसँगै हिमपातले जिल्ला भरको जनजीवन कष्टकर बनाएको छ। लगातार हिमपात भएपछि अत्याधिक जाडोसमेत बढेको छ।
मुगुको सदरमुकाम गमगढीमा मंगलबार बिहान देखी लगाातार हिउँ परेपछी हिउ जमेको छ भने,सदरमुकाम गमगढी आसपासका बस्तीहरुमा पनि हिमपात भईरहेको छ । निकै चहलपहल हुने गमगढी बजारसमेत सुनसान रहेको छ।
अत्याधिक हिमपातका कारण स्थानीयले पशु चौपायासमेत गोठबाट निकाल्न सकेका छैनन्।
जिल्लाको उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ । साथै जिल्लाको माथिल्लो क्षेत्रहरु कार्मारोङ गाउँपालिकाको करान भेग, दोल्फु,मुगु, चिताई,किम्री,खारी, पुअमा पनि हिउँ परिरहेको छ ।
छायानाथ क्षेत्रमा १ फिट भन्दा वढी हिउँ जमेको कार्मरोङ गाउँ पालिका वडा र्न १ का वडा अध्यक्ष कार्मा तान्डुप लामाले वताए ।
लगातार हिमपातले चौरी ,गााईहरुलाई चराउन समेत कठीनाई भएकोले गोठमा हुलेर राखेको लामाले बताए ।