काठमाडौं । आजदेखि एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि-इनरोलमेन्टको राहदानी विभागले व्यवस्था गरेको छ ।
विभागका अनुसार सेवा सहज बनाउन दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि-इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि-इनरोलमेन्टको व्यवस्था थियो ।
सेवाग्राहीले यो व्यवस्थाबाट अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागको विश्वास छ ।
विभागका अनुसार आज १६ गते प्रि-इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइनेछ ।