काठमाडौं । गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको छ। रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालय भएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउनुहुन्छ भनेर प्रश्न राखे।
प्रधानमन्त्री दाहालले जवाफ दिए, ‘बनेपछि थाहा पाउनुहुन्छ।’
रास्वपाले आफ्नो भागमा परेको गृहमन्त्री आफैंले पाउनुपर्ने अडान राखिरहेको छ।
माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा पार्टीमा आज छलफल नभएको दाबी गरे। उनले यो विषय सरकारको भएको र प्रधानमन्त्रीले नै टुंगो लगाउने प्रतिक्रिया दिए।