काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । हिजोदेखि जारी रहेको माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठकमा मुलूकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको संगठन विस्तार, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा जारी छ।
प्रधानमन्त्री एवं माओवादीका अध्यक्षसमेत रहेको पुष्पकमल दाहाल कारणबस खाली भएको गृह मन्त्रालय आफ्नो पार्टी मातहतमा राख्न चाहन्छन् । उनलाई पार्टी पदाधिकारीले माओवादीको नेतृत्वमा गृह मन्त्रालय हुनुपर्ने सल्लाह दिँदै आएका छन् ।
रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए ।
उनी बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ । यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन् ।
बैठकमा राष्ट्रपति र गृहमन्त्रीका साथै भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे पनि छलफल हुने जनाइएको छ।