काठमाडौं । काठमाडौं उपत्यकामा करिब पाँच महिनापछि वर्षा भएको छ । यसअघि गत अक्टोबर १४ मा उपत्यकामा ०.५ एमएम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार र सोमबार काठमाडौंसहित देशका केही स्थानमा सामान्य वर्षा हुने छ ।
विभागका पूर्वानुमान महाशाखाका मौसमविद् सन्जिव अधिकारीका अनुसार आइतबार र सोमबार काठमाडौंसहित देशका केही स्थानमा सामान्य वर्षा हुने छ ।
आइतबार दिउँसो गण्डककी प्रदेश, बाग्मतीका थोरै स्थान र प्रदेश नम्बर १ को केही स्थानमा वर्षा भइरहेको छ । विभागले बिहानको मौसम बुलेटिनमा पनि वर्षा हुने अनुमान गर्दै दिउँसो यी प्रदेशमा बदली हुने प्रक्षेपण गरेको थियो ।
विभागले बिहानको मौसम बुलेटिनमा पनि वर्षा हुने अनुमान गर्दै दिउँसो यी प्रदेशमा बद्ली हुने प्रक्षेपण गरेको थियो ।
आइतबार दिउँसो काठमाडौं उपत्यकाको उत्तरपूर्वी स्थानमा वर्षा भइरहेको छ । केही समय वर्षा जारी रहने र राति वर्षा नहुने प्रक्षेपण विभागले जनाएको छ । हिउँद सकिन लाग्दा मुलुकका विभिन्न स्थानमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ ।
नेपालमा यस वर्ष हिउँदमा औसतभन्दा कम वर्षा भएको विभागले जनाएको छ । पछिल्लो प्रतिवेदनले बितेका १७ वर्षमा ११ हिउँद सुख्खा भएको देखाएको छ ।
यो वर्ष हिउँदे वर्षा कम हुँदा यसले कृषि प्रणाली र उत्पादनमा समेत केही असर पुर्याउने विज्ञहरुले बताएका छन् ।