काठमाडौं । काठमाडौँ महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ।
दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ महानगरले पुनःनिर्माण गर्नेभएको छ । सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले कामपाले एक साताअघि फागुन ८ गते पहिलो चरणको टेन्डर आहृवान गरेको नेपाल समाचारपत्रलाई बताए ।
निर्देशक रामबहादुरका अनुसार करिब ६ महिना अघिदेखि दरबारमार्गलाई कसरी सौन्दर्यीकरण गर्न सकिन्छ भनी अध्ययन शुरूगरेको थियो। सबै सरोकारवालासँगको छलफलपछि करिब एक महिनाअघि दरबारमार्गको किडी नक्सा तयार भएको थियो।
करिब एक वर्षभित्र निर्माण र सौन्दर्यीकरणको काम सकिनेमा जोड दिँदै कामपाले नामअनुसार क्षेत्र व्यवस्थापन गर्ने बताए । यसअघि कामपाले न्यूरोड क्षेत्रमा कुमारी र काष्ठमण्डपको आकृतिसहित रेलिङ निर्माण गरिसकेको छ ।
निर्देशक थापाले भने, नयाँ ढल, बाटो, फुटपाथ अपग्रेडिङ, सडकबत्ती जडान, ल्वमा बत्ती राख्ने, बाटोको दुवै साइडमा लाइटिङ जडान गर्ने, गमला सजावट, मौसमअनुसारको फूल, गार्डेनिङ, ग्रेनाइट बिच्छाउने, अन्डर ग्राउन्ड पार्किङलगायत सबै संरचना परिवर्तन गरी नयाँ स्वरूपको दरबारमार्ग बनाउने तयारीमा लागेका छौं ।
दरबारमार्गको भने बेग्लै किसिमको सजावट गर्न लागिएको छ। सो क्षेत्रमा प्रविधिमैत्री फुटपाथ निर्माण, डिस्प्ले बोर्ड, कारोपण गर्नेलगायतका योजना रहेको छ।