मंगलबार , चैत्र ७, २०७९

कक्षा-१२ को बार्षिक परीक्षाको समयतालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा-१२ को परीक्षा तालिका आइतबार सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार २०८० साल वैशाख २६ गतेबाट परीक्षा शुरु हुने जनाइएको छ ।

पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, वौद्ध शिक्षा, उर्दु व्याकरण र साहित्य, अनिवार्य वैकल्पिक संस्कृत रचना लगायतका विषय रहेको परीक्षा हुनेछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने छ ।

परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।