काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सभापतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा दुईवटा मतदान केन्द्र बनाइएको छ । एउटा मतदान केन्द्र संघीय संसद् र अर्को प्रदेशसभा सदस्यका लागि बनाइएको छ ।
मतदान केन्द्र भित्र मोबाइल फोन निषेध गरिएको छ। यदि कसैले मोबाइल फोन लिएको छ भने त्यो चुनावी अपराध हुनेछ।
अपराह्न ४ बजेबाट मतगणना सुरु हुने र साँझ ७ बजे नतिजा सार्वजनिक गरिने निर्वाचन अधिकृत महेश शर्माले बताए ।