काठमाडौँ । नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषदको बैठक आज दिउँसो ४ बजे बस्दै छ ।
नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषदको बैठक आज बस्ने भएको हो ।
हिजो बिहीबार बस्नुपर्ने नियमित मन्त्रिपरिषदको बैठकलाई आज शुक्रवारको लागि सारिएको थियो ।
अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुबीच तीव्र प्रतिस्पर्धा भएको छ ।
नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन् ।
६ चैतमा ५ जना अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र वसन्त कुँवर, महानिरीक्षक पदको दाबेदारमा रहकाछन्। कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् ।
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।
त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति भएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले अब पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गर्दै छन् ।