काठमाडौँ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै आफ्नो पहिलो भ्रमण भारतबाटै शुरु हुने बताउनुभएको थियो । यस विचमा चीन बेलायत लगाएतबाट निमता आए पनि उहाँ जानुभएन । लामो समय भारत भ्रमणलाई पर्खेर बस्नुभयो । अन्तमा प्रधानमन्त्री नियुक्त भएको ६ महिना पछि भारत भ्रमण गरेरै छाड्नुभयो । शनिबारसम्मको उहाँको भारत भ्रमण जारी छ ।
प्रचण्डलाई भारत भ्रमण नै किन चाहिएको थियो त्यो उहाँको विगतको ईतिहासलाई कोट्याउनु पर्छ । भारतीय भुमिमा बसेर नेपालमा १० बर्ष कथित जनयुद्ध गर्नुभयो । भारतीयहरुको सहयोगमा भारतबाट हतियार नेपाल भित्र्याउने, आफु र आफ्नो परिवार समेत एशआराममा भारतका सुविधासम्पन्न शहरमा बस्नुभयो र सर्वसाधारण नेपालीहरुलाई जनयुद्धको नाममा आपसमा लडाउनु भयो । भारतका लागि कहिल्यै अहित नगर्ने सम्झौता गरि भारतलाई जहिल्यै पनि रिझाउने गरि १० बुँदे सम्झौता गर्दै अहिले भारतीय हितमा काम गर्दै आउनुभएकोछ । २०६४ साल पछिको पहिलो पटक प्रधानमन्त्री हुँदा चीनको बुआओ सम्मेलनमा भाग लिन गएको परिणाम उहाँले महसुस गर्नुभएकोले दोस्रो पटक प्रधानमन्त्री हुँदा आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै शुरु गर्ने घोषणा गर्नुभएको हुनुपर्छ ।
प्रधानमन्त्रीको चार दिने भारतको सद्भावना भ्रमण भनिएको छ । उनको भ्रमण टोलीमा १२० जनाको जम्बो टोली गएको भनिएको छ । त्यो टोलीले भारतमा गएर के के काम गर्यो अहिलेसम्म त्यस्तो कुनै महत्वपुर्ण फोटोसमेत सार्वजनिक भएको छैन । विदेश सचिव र भारतीय प्रधानमन्त्रीका सल्लाहकारसंगको भेटमा सामान्यतया कुटनीनिक मान्यता परराष्ट्र मन्त्रालयका प्रतिनिधीहरुलाई अनिवार्य सहभागि गराउनु पर्नेमा आफ्नो छोरी गङगा दाहाललाई मात्रलाई छेउमा राखेर के के बिषयमा भारतीयहरुसंग छलफल गर्नुभयो त्यो बाहिर आउने कुरा पनि भएन । दिल्ली भ्रमणका दुईचार वटा फोटाहरु सार्वजनिक भएकामा जहाँ पनि छोरीलाई प्राथमिकता दिएको बाहेक प्रतिनिधीमण्डलका अन्य महत्वपुर्ण प्रतिनिधिहरुको फोटो समेत सार्वजनिक भएको देखिएको छैन । प्रधानमन्त्री पुत्री जो हाल सचिवायलको सदस्यको रुपमा काम गर्दैछिन् उनि भारतीय नागरिकको पुर्व पत्नी अर्थात भारतीय भएका कारण पनि उनलाई प्राथमिकता दिएको हो कि टिप्पणीहरु भएको छन् । उनले भारतीय नागरिकता त्यागेको देखिएको छैन । त्यसैले उनि अझै भारतीय नागरिक भएकोमा कुनै शंका छैन । नेपालको प्रधानमन्त्री कार्यायलमा प्रधानमन्त्रीको स्वकिय सचिव भारतीय नागरिकको पत्नी हुनु र उनकै निर्देशनमा शासन चल्दै आएको भएपछि भारतीयहरुका लागि यसभन्दा के चाहियो र? साथै प्रचण्डले पटक पटक भारतीयहरुको हितमा बाहेक अरु काम नगर्ने भनेपछि भारतले सोहि बमोजिम व्यवहार प्रचण्डसंग गर्ने नै भयो ।
सामान्यतया यस अघि नेपालका प्रधानमन्त्री भारत भ्रमण जाँदा राम्रै सम्मान पाएका थुप्रै उदाहरणहरु छन् । स्व.गिरीजाप्रसाद कोईराला, केपि शर्मा ओली भारत भ्रमणमा स्वयं भारतीय प्रधानमन्त्रीले स्वागत गरेको ईतिहास हामीसंग छ तर प्रचण्डको भ्रमणलाई राजकिय पनि मानिएन र केवल सद्भावना भ्रमण भनियो । उहाँलाई एक जना राज्यमन्त्रीले स्वागत गरिन भने नर्तकीद्वारा सास्कृतिक झाँकी देखाउने नाममा सार्वनिजक सडकमा गलैचा ओछ्याएर अपमानजनक व्यवहार गरेको देखियो ।
अझ महत्वपुर्ण कुरा प्रधानमन्त्री प्रचण्ड दिल्लीमा पुगेको पहिलो दिन नै भारतीय विदेश मन्त्री र प्रमुख राजनीतिक सल्लाहकारसंग भेटलाई नै सिमित गर्ने व्यवहारले ठुलो लज्जाजनक व्यवहार पनि भएको भनिएको छ । यदि भारतीय प्रधानमन्त्री मोदीको प्रमुख सचिवले तत्काल उक्त परिस्थितिलाई नसच्याएको भए प्रचण्डले मोदीसंग समेत औपचारिक भेटवार्ता नगरेरै स्वदेश फर्कनु परेको अवस्था भैसकेको स्रोतले बताएको छ ।
प्रचण्डले किन पहिलो विदेश भ्रमण भारतबाटै हुने घोषणा गर्नुभएको होला भन्दा उहाँको सोचाई नै दरिद्र रहेको प्रष्टिन्छ । २०६४ सालमा पहिलो पटक प्रधानमन्त्रीबाट हात धुनुपरेको भारत कै कारण भन्ने उहाँको मनमा छाप पसेको र त्यस परिस्थितीलाई दोहोर्याउन नदिने गरि भारतलाई नरिझाईकन वा भारतीलाई खुशी नपारिकन आफ्नो पद सुरक्षित छैन भन्ने उहाँको बुझाई रहेको देखिन्छ । नेपाल देश जस्तै हैसियतको भारत देश हो नेपालको आफु प्रधानमन्त्री भए झै भारत देशको प्रधानमन्त्री नरेन्द्र मोदी हुन त्यो कुरा प्रचण्ड भुल्नुभएको देखिन्छ । भारत भ्रमण गर्नु अघिल्लो दिन मात्र गैरसंबैधानिक तरिकाले नागरिकता विधेयक मन्त्रीपरिषदबाट पास गरि राष्ट्रपतिलाई स्वीकृत गर्न लगाई भारतलाई खुशि पार्न प्रयास गरेको अवस्था छ । यसको उदाहरणको रुपमा प्रधानमन्त्री भारतको भ्रमण कै क्रममा रहेका बेला भारतीय मिडियाहरुले नेपालमा भारतीय पक्षमा नागरिकता ऐन आएको समाचार व्यापक रुपमा प्रशारण प्रकाशन भएको छ ।
प्रचण्डले भारत भ्रमण गर्नु अघि केहि महत्वपुण सम्झौताहरु हुने बताउदै आए पनि बाहिर आएका मध्ये ७ वटा सम्झौता भएको भनिएको छ जुन हेर्दा सामान्यखालका देखिन्छन् । सबैभन्दा महत्वपुर्ण कालापानी लिपुलेक लिम्पियाधुराको सवाल र टनकपुर सन्धी लगाएत सिमाका सवाल कहि कतै उठेको देखिएन । कालापानीको सवाल प्रचण्ड समेतको राष्ट्रिय सहमतिबाट नेपालको नक्सामा गाभ्ने र सोहि बमोजिम संविधान संशोधन गरिएको थियो । यो बिषय केपि ओली प्रधानमन्त्री हुँदा भएको भए पनि सरकारको सवाल हो जो सरकार आए पनि कालापानी सवाललाई ईन्कारी कोहि कसैले गर्ने होइन । भारतलाई रिझाउने नाममा प्रचण्डले नचाहेर पनि जल्दोबल्दो बिषयका बारेमा भारत भ्रमणका बेला कुरा नउठाउनु यो भन्दा लज्जास्पद अपमान, आत्मसर्मपण के हुन सक्ला? विदेश भ्रमण भारत नै गर्ने हो, भ्रमण ऐतिहासिक हुन्छ भन्दै गर्दा नेपाली जनताले प्रचण्डले के के न पो गर्ने भए पनि भनि निकै चासोको रुपमा हेरिरहेका थिए तर हात्ति आयो हात्ति आयो फुस्सा बाहेक केहि भएको देखिएन् ।
हेर्दा एटिएम लगाएतका विद्युतीय नोट सटहीको सुविधा दुबै देशका नागरिकलाई दिने सम्झौता भएको भनिएको छ यसबाट नेपालको भन्दा बढि लाभ भारतीयलाई हुनेछ । किनभने भारतीयहरु नेपालमा सबै भन्दा बढि व्यावसायी छन् उनिहरुलाई सहिजै नेपाली रुपैया नेपालस्थित आफ्नो बैंक खातामा जम्मा गर्ने र भारतमा विद्युतीय माध्यामबाट रकम झिक्न उनिहरुलाई फाईदा हुनेछ । यसबाट केहि मात्रामा नेपालीहरुलाई फाईदा नहुने भने होईन । अमलेखगञ्ज, सिलिगुडीबाट पाईपलाईन विछाउने, विभिन्न भ्रन्सार चेकपोष्ट निर्माण गर्ने जस्ता सामान्य खालका सहमति केबल संख्याका रुपमा देखाउने बिषयमा मात्र हुन । देशलाई दीर्घकालिन असर पर्ने प्रभाव पर्ने खालका बाहिर सार्वजनिक भएका भनिएका मध्ये कुनै पनि देखिदैन ।
अदृश्य के कति कुन सन्धीसम्झौता गरे त्यो विस्तारै खुल्दै जाला । तत्कालिन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको क्रममा टनकपुर सन्धी गरि नेपाल फर्कदा सन्धी होइन सामान्य सम्झौता हो भनि नेपाली जनतालाई ढाट्न खोज्दा पछि त्यो बिषय अदालतमा पुग्यो र अदालतले त्यो सन्धी थियो भनि फैसला गरेको ईतिहास छ त्यसैगरि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले बिप्पा सम्झौताको नाममा भारतीय व्यापारीहरुको हितमा मात्र लागु हुने गरि राष्ट्रघाति सम्झौता गरेको पनि ईतिहास हामीसंग छ । विद्युतमा चासो राख्ने भारतले दुईवटा महत्वपुर्ण विद्युत सम्बन्धी सम्झौता गरिएको भनिएको छ ति सम्झौता गर्दा नेपालको हितमा भन्दा पनि व्यापारिक रुपमा भारतीयहरुको बाहुल्यता रहने गरि नेपाली कम्पनी भारतयलाई हस्तान्तरण गर्ने कार्य भएको बाहेक केहि देखिदैन ।
अन्तमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केबल औपचरिकताका लागि मात्र भएको र भारतले प्रचण्डलाई विश्वास नगरेको, जतिसुकै रिझाउन प्रयास गरे पनि नेपालका प्रधानमन्त्रीको अपमान गरेको भन्दा पनि फरक नपर्ने यो भ्रमणको निष्कर्ष हो । पहिलो दिन भारतीय प्रधानमन्त्री मोदीका राजनीतिक सल्लाहकार र विदेश सचिवसंगको भेट र दोस्रो दिन परिस्थितीले मोदीसंगको भेटघाट बाहेक त्यति महत्वपुर्ण भेटघाट नै भएको देखिएन । राष्ट्रपति उपराष्ट्रपतिसंगको भेट केबल औपचारिकतामा मात्र सिमित भयो भने अन्य व्यापारिक समुह लगाएतका निजी क्षेत्रसंगका कुनै पनि भेटघाट भएको देखिएन । अरु भन्दा पनि चर्चाको विषय भने सार्वजनिक प्रचण्डलाई देखाउनका लागि सडकमा गरिएको नर्तकीसंगको सांस्कृतिक झाँकी र क्रान्तिकारी कम्युनिष्ट प्रचण्डले मध्येप्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा गरेको पुजाले बढि स्थान पाएको छ।