Author: दल बहादुर धामी

लेखक अधिवक्ता तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुनुहुन्छ । इमेल : advdhami (at) gmail.com

काठमाडौँ । पछिल्लो पटक नेपाली अधिकांश युवाहरुको अहिलेको राजनीति भन्दा पनि विदेश मोह बढेको देखिन्छ । नेपालमा वास्तविक लोकतन्त्र आएको करिब ८ बर्ष हुदै गर्दा कतिपय मानिसहरुले अहिलेको लोकतन्त्र प्रति नै वितृष्णा फैलाउने गरि नकरात्मक भावनाहरु संप्रेषण गरेको देखिन्छ । यहासम्म कि कतिपय राजनीतिज्ञले नै यस्ता प्रकारका भनाईहरु प्रकट गरिरहेका देखिन्छन् । १०४ बर्षे जहानिया राणाशासन, ३० बर्षे निरंकुश राजतन्त्र र करिब ६ बर्ष प्रजातन्त्र, १० बर्ष माओवादी द्धन्द्ध तथा करिब १० बर्ष लोकतन्त्रिक संक्रमणकाल हुदै २०७२ असोज ३ गते नेपालको संविधान जारी भईसकेपछि २ बर्ष चुनावी तयारी बर्ष पश्चात अहिले हेर्दा स्थानिय तह तथा प्रदेश र संघीय संसदको ५…

Read More

काठमाडौँ । हालै भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय पक्षले अतिक्रमण गरेको कालापानी लिपुलेक लिम्पियाधुरालाई बंगलादेश जाने बाटो सहज गरेमा भारतलाई छोड्न सकिने भन्ने अभिव्यक्ति, गैरसंबैधानिक तरिकाले नागरिकता विधेयक प्रमाणिकरण र सरकारको नीति तथा कार्यक्रममा कैलालीको गेटामा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने उल्लेख भए पनि आ.ब. २०८०/०८१ को बार्षिक बजेटमा यस बारेमा कुनै कुरा उल्लेख नगरिएको बिषयलाई लिएर सुदूरपश्चिम प्रदेशमा बिरोधका आवाजहरु उठिरहेका छन् । सुदूरपश्चिमको बारेमा सरोकार राख्ने विभिन्न राजनीतिक दल तथा भातृसंगठनहरु, नागरिक समाज, विभिन्न संघसंस्था समेतले विरोधका आवाजहरु उठाईरहेका छन् । यसै क्रममा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले काठमाण्डौको माईतिघर मण्डलामा विरोध…

Read More

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै आफ्नो पहिलो भ्रमण भारतबाटै शुरु हुने बताउनुभएको थियो । यस विचमा चीन बेलायत लगाएतबाट निमता आए पनि उहाँ जानुभएन । लामो समय भारत भ्रमणलाई पर्खेर बस्नुभयो । अन्तमा प्रधानमन्त्री नियुक्त भएको ६ महिना पछि भारत भ्रमण गरेरै छाड्नुभयो । शनिबारसम्मको उहाँको भारत भ्रमण जारी छ । प्रचण्डलाई भारत भ्रमण नै किन चाहिएको थियो त्यो उहाँको विगतको ईतिहासलाई कोट्याउनु पर्छ । भारतीय भुमिमा बसेर नेपालमा १० बर्ष कथित जनयुद्ध गर्नुभयो । भारतीयहरुको सहयोगमा भारतबाट हतियार नेपाल भित्र्याउने, आफु र आफ्नो परिवार समेत एशआराममा भारतका सुविधासम्पन्न शहरमा बस्नुभयो र सर्वसाधारण नेपालीहरुलाई…

Read More