काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि (शुक्रबार) सिंहदरबार घेर्ने भएका छन् । समानीकरण अनुदानको चौथो किस्ताको ५० प्रतिशत रकम कटौती गर्ने सरकारको निर्णयविरुद्ध महासंघ र संघ आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको र त्यसको विरूद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगानाले रिपोर्टर्स नेपाललाई बताए ।
उनका अनुसार सरकारले स्थानीय तहलाई दिने ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने उनले बताए ।
त्यसका लागि नगरपालिका संघले बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौंमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वानसमेत गरेको छ ।