काठमाडौँ । पछिल्लो पटक नेपाली अधिकांश युवाहरुको अहिलेको राजनीति भन्दा पनि विदेश मोह बढेको देखिन्छ । नेपालमा वास्तविक लोकतन्त्र आएको करिब ८ बर्ष हुदै गर्दा कतिपय मानिसहरुले अहिलेको लोकतन्त्र प्रति नै वितृष्णा फैलाउने गरि नकरात्मक भावनाहरु संप्रेषण गरेको देखिन्छ । यहासम्म कि कतिपय राजनीतिज्ञले नै यस्ता प्रकारका भनाईहरु प्रकट गरिरहेका देखिन्छन् । १०४ बर्षे जहानिया राणाशासन, ३० बर्षे निरंकुश राजतन्त्र र करिब ६ बर्ष प्रजातन्त्र, १० बर्ष माओवादी द्धन्द्ध तथा करिब १० बर्ष लोकतन्त्रिक संक्रमणकाल हुदै २०७२ असोज ३ गते नेपालको संविधान जारी भईसकेपछि २ बर्ष चुनावी तयारी बर्ष पश्चात अहिले हेर्दा स्थानिय तह तथा प्रदेश र संघीय संसदको ५ बर्ष पहिलो कार्यकाल र करिब दुई बर्ष दोस्रो कार्यकाल हुन लाग्यो । अर्थात छोटकरीमा भन्नुपर्दा वास्तविक लोकतन्त्र आएको ६।७ बर्ष मात्र हुन लागेछ ।
हामीले असोज ३ गते संविधान दिवस मनायौं । २००७ मा सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले आफैले जारी गर्ने सपना देखेको नेपालको संविधान २० पछिल्लो पटक नेपाली अधिकांश युवाहरुको अहिलेको राजनीति भन्दा पनि विदेश मोह बढेको देखिन्छ । नेपालमा वास्तविक लोकतन्त्र आएको करिब ८ बर्ष हुदै गर्दा कतिपय मानिसहरुले अहिलेको लोकतन्त्र प्रति नै वितृष्णा फैलाउने गरि नकरात्मक भावनाहरु संप्रेषण गरेको देखिन्छ । यहासम्म कि कतिपय राजनीतिज्ञले नै यस्ता प्रकारका भनाईहरु प्रकट गरिरहेका देखिन्छन् ।
७२ साल आजैको दिन जनताका प्रतिनीधीहरुद्धारा बल्ल जारी भएको थियो । संविधानसभाको अध्यक्षको रुपमा स्व.सुवासचन्द्र नेम्वाङको नेतृत्वमा तत्कालिन राष्ट्रपछि डा.रामवरण यादवले औपचारिक रुपमा नेपालको संविधान जारी भएको घोषणा गर्नुभएको थियो । जुन संविधान जारी भए लगत्तै छिमेकी मित्रराष्ट्र भारतले अघोषित नाकाबन्दी गरेको थियो भने तत्पश्चात पटक पटक विभिन्न बहानामा नेपाललाई चौतर्फी घेराबन्दीमा राख्ने कार्य आजका मितिसम्म भईरहेको छ जुन कुरा व्यवहारमा पनि घाम झैं छर्लङ्ग हुने गरि हामी सबै नेपाली जनताहरुले अनुभव गरिरहेकै छौं ।
हामी लोकतान्त्रिक अभ्यासमा भारतको उदाहरण दिन्छौं साथै विभिन्न देशहरुको उदाहरण दिने गरेका छौं तर ति देशहरुमा लोकतन्त्रिक अभ्यासको कति बर्ष लामो ईतिसहास छ हामी त्यो ईतिहास गणना गर्दैनौं । भारतको मात्र लोकतन्त्रको अभ्यास हेर्ने हो भने करिब ८० बर्ष हुन थालेछ । भारतको स्थानिय, प्रदेश र केन्द्र सरकारका प्रशासन संयन्त्र, राजनीतिक पार्टी र तिनको अभ्यासहरु, न्याय प्रणाली, विकास क्रम लगाएत समग्र भारतको अवस्था हेर्ने हो भने हामीले निराशा हुनुपर्ने अवस्था देखिदैन । त्यसमा पनि अग्रेजले भारतका प्रायः सबै पुर्वाधारहरु निर्माण गरेका थिए त्यसै जगमा लोकतान्त्रिक भारत अहिलेको अवस्थामा पुगेको हो । यसमा पनि जनसंख्या र क्षेत्रफलका हिसाबले हेर्ने हो र भारतको असमान मानव विकास सुचकांक हेर्दा नेपालको दाँजोमा भारतमा गरिबी अभाव ज्युँ का त्युँ रहेको देख्न सकिन्छ । भारतका दिल्ली मुम्बई जस्ता ठुला शहरको विकासको तिब्र विकास, विज्ञानको क्षेत्रमा अन्तरिक्षमा गरेका नयाँ नयाँ अभ्यासलाई हेर्दा नेपालको अवस्था नाजुक देखिला तर पनि अझै कतिपय भारतीय बस्तीहरु तथा दिल्ली मुम्बई जस्ता शहरहरुमा रहेका झुपडपट्टी, मगन्ते भिकारीहरुको संख्या हेर्दा हामी सबै नेपाली भन्दा बढि देखिन्छ । माथि भनिए झै नेपालको लोकतान्त्रिक ईतिहास हेर्दा केबल ६।७ बर्ष मात्र भएको यथार्थता हो ।
कुनै पनि राजनीतिक व्यवस्था पुर्ण रुपमा सुचारु रुपमा चल्न तथा विकासमा तत्काल छुमन्त्रर हुने होइन । प्रणाली लागु हुन केहि समय अवश्य लाग्नसक्छ । हुन त राजनीति प्रति केहि संख्यामा नेपालीहरुले महसुस गरेको पछिल्लो प्रतिक्रिया त्यति सकारात्मक देखिदैन तर पनि त्यस भन्दा ठुलो संख्यामा पुराना तथा नयाँ पुस्ताका नेपाली राजनीतिज्ञहरु, शिक्षित युवाहरु राजनीतिबाटै देश बनाउनुपर्छ बनाउन सकिन्छ भनेर राजनीति तथा समाजिक क्षेत्रमा अहोरात्र लागि रहेका छन् यो पनि सत्यता हो र सकारात्मक पक्ष पनि हो ।
सन् १९९० तिर परवेज मुसरपmले सैनिक कु गर्दा पाकिस्तानमा तत्कालिन प्रजातान्त्रिक दलहरुको व्यवहारले वाक्क भएका करिब ९० प्रतिशत पाकिस्तानी जनताहरुले सडकमा खुशियाली मनाएका थिए तर त्यो खुशी प्रजातन्त्र अर्थात लोकतन्त्रका विरुद्ध थिएन केबल थियो त राजनीतिक पार्टी र तिनका नेताहरु प्रतिको वितृष्णा मात्र । अर्थात नेपालको हकमा पनि केहि नकरात्मक अभ्यासले गर्दा जनतामा लोकतन्त्र प्रति पनि नकरात्मक भावना पैदा भएको हुनसक्छ तर समग्र लोकतन्त्रका कारणले नेपालको अवस्था खस्कदो भएको कदापी होईन र हुन पनि सक्दैन । २०४७ साल अघिको नेपालको विकासको गति र त्यसपछिको गति तथा २०७४ अघिको विकासको गति र त्यस पछिको विकास गतिको बारेमा एक पटक तुलना गरेमा वास्तविक रुपमा लोकतन्त्र नै जनताका लागि समग्र रुपमा उत्तम रहेछ भनि स्वःमुल्याङ्कन गर्न सकिन्छ ।
निजीकरणका नाममा पञ्चायत कालमा भएका केहि उदाहरणीय सरकारी संस्थानहरु अहिले रहेनन्, महंगी, भ्रष्टाचार, नेताहरुको आर्थिक प्रगति लगाएतका पक्कै पनि प्रश्न गर्ने थुप्रै ठाउहरु छन् । तर यसको जस कसले लिने भन्ने पहिलो प्रश्न हो । हुन २०४७ साल पछिका प्रायः सरकारहरुमा नेपालका कम्युनिष्ट पार्टीहरु सरकारमा रहेका छन् तिनीहरुको पनि त्यतिकै भुमिका रहेको छ देशलाई यो अवस्थामा ल्याउनका लागि भन्ने होला । तर सबै भन्दा पहिला देशका सरकारी संस्थानहरुलाई निजीकरण कसले गर्यो त्यो हेर्नु जरुरी छ । पुजिवादको पक्षपोषण गर्ने नेपाली काग्रेसले आर्थिक उदारिकरणको नाममा सरकारी संस्थानहरुलाई निजीकरण गरेकै कारण अहिले नेपाली जनताले सम्झिरहने बासबारी छालाजुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, पशुपति जुटमिल, भृकुटी कागज कारखाना लगाएत थुप्रै विभिन्न सरकारी संस्थानहरु अहिले ईतिहास भएका छन् । निजिकरण, प्रतिस्पर्धा, पुजिवाद, व्यापारीकरण, उदारवाद भनेका दलाल पुजिवादका अभ्यासहरु हुन जसका कारण आज देश त्यहि दलाल पुजिवादको चरम अभ्यासमा रहेको छ । अहिले एउटा घर चलाउने नाममा पनि दलाली भैरहेको छ । घरको मुलिले बजारमा तरकारी किन्नका लागि दिएको पैसामा पनि नाफा खोज्ने प्रबृत्ति मौलाएको छ । श्रीमतिले श्रीमानबाट, छोराले बाबुबाट, भाईले दाईबाट कमिसन खाने प्रबृत्ती मौलाएको छ ।
राजनीतिमा पनि यस अभ्यासको चरम रुप देखिएको छ । देश बनाउने भन्दा पनि आफु कसरी बन्ने धाउन्नमा छन् कतिपय राजनीतिक दलका नेता कार्यकर्ताहरु । यसै कारणले समग्र राजनीति प्रतिको नकरात्मक धारणा बिकास भएको देखिन्छ । काठमाण्डौ लगाएतका शहरहरुमा घर बनाउने, महंगा गाडी किन्ने, शेयर बजारमा पैसा लगाउने, महंगा विद्यालयमा छोराछोरी पढाउने, छोराछोरीहरुलाई विदेशमा पठाउन होडबाजी गर्ने, ऐशआराम, मनोरञ्जन जस्तामा आफ्नो समय खर्चने प्रबृत्तीले जरा गाडेका कारण आज राजनीति घृणाको बिषय बनेको छ । नेता कार्यकर्ताको जीवनस्तर र सर्वसाधारण जनता किसानको जीवन स्तर हेर्दा आकाश पातालको फरक देखिन्छ । एउटा टोल गाउमा संगैको घर झुप्रो नै देखिन्छ भने संगैको नेता कार्यकर्ताको महल ठडिएको हुन्छ भने किन प्रश्न उठ्दैन होला त? नेताको आर्थिक हैसियत कहाँबाट यो अवस्थामा पुग्यो? दलाल पुजिवादी अभ्यासका कारण किसानले उत्पादन गरेको १० रुपैया प्रतिकिलोको कृषि उपज उपभोक्तामा पुग्दा १०० रुपैया पुगेको हुन्छ । यो अवस्था कसरी कस्का कारणले भयो त्यसबारेमा हामी सोच्दैनौं एकै पटक नेताले गरेको भन्ने आरोप लगाउछौं ।
नेपालको संविधानको प्रस्तावनामा नै अहिलेको राज्यव्यवस्था समाजवादउन्मुख रहने भनेको छ । समाजवादउन्मुख राज्यव्यवस्थामा कतिपय अभ्यासहरु नभएका होईनन् जसमा विभिन्न सामाजिक सुरक्षाका व्यवस्थाहरु, माध्यामिक स्तरसम्म निःशुल्क शिक्षा, कतिपय औषधिहरु निःशुल्क, आधारभुत स्वास्थ्य सेवा निःशुल्क रहने, विभिन्न असाध्य रोगहरुको उपचारका लागि केहि मात्रामा भए पनि सरकारबाट उपलब्ध गराउने व्यवस्था लगाएतका थुप्रै अभ्यासहरु कार्यान्वयन भएका छन् । तर यतिले मात्र पुगेको छैन । तत्काल सरकारले आम जनतालाई महसुस हुने गरि थप सामाजवादी कार्यक्रमहरु लागु गर्नु अति आवस्यक भईसकेको छ । जनतालाई सरकार हाम्रो पक्षमा काम गरिरहेको छ भन्ने आभास गराउनु अति आवश्यक भईसकेको छ । युवाहरुको विदेश प्रतिको मोहलाई रोक्नका लागि, ग्रामिण भेगबाट शहर केन्द्रित हुने प्रबृत्तीलाई रोक्नका लागि नेपाल मै केहि गर्न सकिन्छ ग्रामिण भेगमा नै केहि गर्न सकिन्छ भन्ने आभास हुने कार्यक्रमहरु ल्याउनु जरुरी भईसकेको छ । कृषि प्रधान देश नेपालमा कृषि कार्यक्रम हेर्दा जिल्ला भरिका लागि कृषि ज्ञान केन्द्रले केहि थान कार्यक्रमका लागि सुचना आव्हान गर्छ आवेदकहरु ५०० हुन्छन् तर ५ जनाले मात्र त्यो कार्यक्रम पाउछ त्यो पनि वास्तविक किसान भन्दा कागजातहरु मिलाउने व्यक्तिले मात्र त्यो कार्यक्रम पाउछ यस्तो प्रबृत्तीले किसान, युवाहरुलाई आकर्षित गर्न सकिदैन । कृषि, घरेलु उद्योगका लागि विशेष कार्यक्रम ल्याई सबैलाई सहभागि हुने र आयात होइन निर्यात गर्न सक्ने गरि व्यवसायमा लाग्न किसान युवाहरुलाई आव्हान गर्नु अति जरुरी भएको छ ।
राजनीतिमा लाग्ने हरेक नेता कार्यकर्ताहरु अब दलाली व्यवसाय, नाफाखोर व्यवसाय, ठेक्कापट्टा, उपभोक्ता समितिको अध्यक्ष सचिव कोषाध्यक्ष हुनेमा होडबाजी होईन अनिवार्य उत्पादनमा जोडिनु जरुरी भईसकेको छ । सामाजिक अभियन्ता, सामाजिक कार्यकर्ता, एनजिओ आईएनजिओकर्मिहरुले पनि देखावटी रुपमा तडकभडक गर्ने, समाजलाई परिवर्तनको नाममा देखसिखि गर्ने बानी भन्दा पनि केहि गरौं भन्ने भावना जगाउनु जरुरी भईसकेको छ । चिया गफ गर्ने देश बनाउने नाममा सिन्को समेत नभाच्ने, ढलेको भाडो नउठाउने, माटोमा हात नलगाउने, परिश्रमको नाममा हात नचलाउने प्रबृत्ती हाबी भईरहेको अवस्थामा अब मैले मेरो देश बनाउछुँ, मेरो प्रदेश बनाउछुँ, मेरो जिल्ला बनाउछुँ, मेरो गाउ टोल बनाउछुँ भन्ने अभियानका साथ आ–आफ्नो स्थानबाट सबै लागेमा अवश्य यो देश बन्छ यो देश बनाउन सबै आजका दिन देखि आगौं यहि छ संविधान दिवसको शुभकामना ।