काठमाडौँ I राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ ।
आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रवार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय शोकमा बैठक बस्न नसक्ने भएकाले अध्यक्ष गणेश तिमल्सिनाले बैठक शुक्रवार बिहान ११ः०१ बजे बस्नेगरी स्थगित गरेका हुन् ।
इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।