काठमाडौं । जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ ।
उद्धार र घाइतेहरुको उपचारकाे व्यवस्थानका लागि उहाँ स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा हुनुहुन्छ, आचार्यले भन्नुभयो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार चार पटक भूकम्प भएको छ ।
प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गर्नुभएको छ ।
उहाँले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय रुपमा काम गर्न भन्नुभएको छ । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि दुवै जिल्लामा गरेर ६३ जनाको ज्यान गएको पुष्टि भएको छ ।