काठमाडौँ । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । विष्टले आजै पद तथा गोपनीयताको शपथ लिए ।
प्रदेशसभाको आज बसेको बैठकमा सभामुखका लागि राप्रपाका विष्टको मात्र उम्मेदवारी परेपछि उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
विष्टको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक रहनुभएको थियो ।
राप्रपाका विष्टलाई सत्ता गठबन्धन र नेकपा एमालेको समेत समर्थन रहेको थियो ।
नवनिर्वाचित सभामुख विष्टले आजै प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।