काठमाडौं । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा अहिले आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।
तराईका अधिकांश स्थानमा अहिले हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अपिलसमेत गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा रहनेछ ।
नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको पनि महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना भने छ ।