काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित् भएको छ ।
प्रतिनिधि सभा बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायत अरू केही प्रतिपक्षी दलका सांसदहरु आ-आफ्नो स्थानमा उभिएर विरोध शुरु गरेपछि सभामुख देवराज घिमिरेले बैठक सहज रुपमा सुचारु गर्न सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
सभामुख घिमिरेले आजको बैठकमा शुन्य समय, विशेष समय र आकस्मिक समय हटाएर नीति तथा कार्यक्रममा प्रवेश गर्ने विषयमा जानकारी गराउनु भएको थियो ।
अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिनु भयो ।