काठमाडौँ । सरकारले औषधि प्रयोजनको लागि गाँजाको व्यावसायिक उत्पादन खुला गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष ०८१/ ०८२ को बजेट प्रस्तुत गर्दै औषधि प्रयोजनका लागि कानुनी व्यवस्था मिलाएर गाँजाको व्यावसायिक उत्पादन गरिने बताएका हुन् । सरकारले यसको लागि आवश्यक कानुन निर्माण गर्ने बताएको छ ।
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि २०८० कात्तिकमा गृह मन्त्रालयका तत्कालीन सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको थियो ।