काठमाडौँ । आज श्रावण महिनाको अन्तिम सोमबार श्रद्धालु भक्तजन हरुको बिहानै देखि शुपतिनाथ मन्दिर लगायत देश भरिका शिवालयमा बिहानैदेखि घुइँचो लागेको छ ।
साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन गरी दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गर्न टोलि खटेको कुरा जानकारीमा आएको छ ।
शिब पाठक अनुयायीहरुले श्रावण महिनाभरी नियमबद्ध रुपले साकाहारी आहार खाएर प्रत्यक सोमबार ब्रत बस्ने चलन छ l यस्तो किसिमले एक चित्त भएर ब्रत बस्दा शरीरमा शुद्धि आउने र मानसिक सन्तुलन बढ्ने हुनाले यो प्रक्रिया पूर्ण बैज्ञानिक पनि छ l गर्मीको मौशममा साकाहारी खान खाने र ब्रत पनि बस्ने भएकोले शरीर निरोगी हुने विश्वास छ l