काठमाडौँ । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
बागमतीमा सरकारी कामकाजको भाषासम्बन्धी ऐन लागू भएपछि नेपाल भाषी समुदायको पर्वको रूपमा गाईजात्राको दिन बिदा दिने निर्णय गरिएको उनले बताए ।