काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसंघ (यूएन) की नवनियुक्त आवासीय प्रतिनिधि लिला पिटर्स याहियाले प्रधानमन्त्री सुशीला कार्की समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेलगतै उनीहरूबीच प्रधानमन्त्री निवासमा शिष्टाचार भेटवार्ता भएको थियो । सो क्रममा प्रधानमन्त्री कार्कीले याहियालाई नेपालमा स्वागत गर्दै नयाँ कार्यकालको सफलताका लागि बधाई एवं शुभकामना व्यक्त गरिन् ।
भेटका अवसरमा प्रधानमन्त्रीले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका लागि संयुक्त राष्ट्रसंघले लामो समयदेखि पुर्याउँदै आएको सहयोगको सराहना गरिन् ।
राष्ट्रसंघ नेपालको एक भरपर्दो र दीर्घकालीन विकास साझेदार रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा पनि यो सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेकी थिइन् ।



