काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठुलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५,४०० रुपैयाँले घटेको छ ।
महासङ्घका अनुसार आज सुन प्रतितोला ३,०२,३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला ३,०७,७०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय उतारचढाव भइरहेको सुनको मूल्यमा आजको यो गिरावटलाई निकै महत्त्वपूर्ण मानिएको छ ।
चाँदीको मूल्यमा पनि गिरावट सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आज प्रतितोला १४० रुपैयाँले घटेर ५,०१० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला ५,१५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र अन्य आर्थिक कारणले गर्दा स्थानीय बजारमा पनि त्यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन् ।



