Khaptad Organic Nepal

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य र पोषणमा सुधार ल्याउन दिवा खाजामा विशेष पहल सुरु गरेको छ ।

गाउँपालिकाले बालबालिकाको वृद्धि विकास र शिक्षण सिकाइ क्षमता बढाउने उद्देश्यले दिवा खाजा कार्यक्रममा पौष्टिक तत्वयुक्त ‘सुन्तला रङको सखरखण्ड’ समावेश गर्ने नीति अघि सारेको हो । विटामिन ‘ए’ को प्रचुर मात्रा पाइने यो खाद्यान्नले बालबालिकालाई कुपोषणबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

गाउँपालिकाका अध्यक्ष नवराज ढकालका अनुसार हाल पालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम कार्यान्वयनमा आइसकेको छ । सामुदायिक मात्र नभई संस्थागत (निजी) विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरूसँग पनि यस विषयमा छलफल भइरहेकाले आगामी दिनमा पालिकाभरिका बालबालिकामा देखिने कुपोषणको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ । यस कार्यक्रमका लागि बाहिरबाट बीउ मगाएर सुरुमा गाउँपालिकाका ७ जना व्यावसायिक किसानलाई खेती गर्न लगाइएको थियो । उक्त खेतीको पहिलो चरणको उत्पादन वैशाखको अन्तिम र जेठको पहिलो साता भित्रिएसँगै अहिले विद्यालयहरूमा विद्यार्थीलाई दिवा खाजाका रूपमा सुन्तला रङको सखरखण्ड दिन थालिएको हो ।

दिवा खाजामा स्थानीय उत्पादनलाई नै प्राथमिकता दिँदा एकातिर बालबालिकाले ताजा र पोषिलो खान पाउने र अर्कोतिर स्थानीय किसानहरूको आम्दानीमा समेत वृद्धि हुने अध्यक्ष ढकालले बताउनुभयो । हाल ती ७ जना किसानसहित स्थानीय महिला समूह र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि यसको बीउ वितरण गरिएको छ । गाउँपालिकाले आगामी दिनमा यो उत्पादन कार्यक्रमलाई समुदाय स्तरमै व्यापक रूपमा विस्तार गर्ने योजना बनाएको छ ।

हेलेन केलर संस्थाको प्राविधिक सहयोगमा बङ्गलादेशबाट बीउ मगाएर नेपालमा यसको व्यावसायिक खेती सुरु गरिएको परियोजना संयोजक भिमा पराजुलीले जानकारी दिनुभयो । यस खेती र यसको उपयोगिताका बारेमा बुझाउन गाउँपालिकाका १९ वटै विद्यालयका दिवा खाजा सम्पर्क शिक्षकहरूलाई आवश्यक तालिमसमेत प्रदान गरिसकिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।