Khaptad Organic Nepal

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा नेपाल आत्मनिर्भरतातर्फ अघि बढ्दै गरेको एक सकारात्मक उदाहरण चितवनमा देखिएको छ ।

नेपालमै पहिलोपटक नेपाली जडीबुटीको प्रयोग गरेर क्यान्सर रोग विरुद्धको औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ बनाउन सुरु गरिएको हो ।

चितवनको भरतपुर महानगरपालिका–१६ शरणपुरमा सञ्चालित जायोडिन बायोटेक उद्योगले यो महत्त्वपूर्ण सुरुवात गरेको हो । उद्योगले स्थानीय स्तरमा उपलब्ध जडीबुटीलाई आधुनिक प्रविधिमार्फत प्रशोधन गरी औषधिजन्य कच्चा पदार्थको उत्पादन मात्र गरेको छैन, यसलाई छिमेकी देश भारतमा निर्यात समेत गर्न थालिसकेको छ ।

उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीका अनुसार हाल उद्योगले अत्याधुनिक उपकरणहरूको सहायताले दुई प्रकारका कच्चा पदार्थ उत्पादन गरिरहेको छ । आगामी दिनमा यसलाई विस्तार गर्दै १० देखि १२ प्रकारका यस्ता कच्चा पदार्थ उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । यो उद्योगका लागि आवश्यक पर्ने प्रारम्भिक सहायक कच्चा पदार्थ हेटौँडाको बसामाडीमा रहेको इभान्स लाइफ साइन्स उद्योगबाट प्राप्त हुने गर्दछ । त्यहाँ लौठ सल्लोको प्रारम्भिक प्रशोधन गरिएपछि त्यसलाई पुनः चितवन ल्याएर थप प्रशोधन गरी अन्तिम रूप दिइने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

यसरी उत्पादित विशिष्ट कच्चा पदार्थको बजार मूल्य गुणस्तर र प्रकारका आधारमा प्रति किलोग्राम ८ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म पर्ने गर्दछ । हाल भारत निर्यात भइरहेको यो उत्पादनलाई निकट भविष्यमै पाकिस्तान र बङ्गलादेश लगायतका अन्य एसियाली मुलुकहरूमा समेत पुर्‍याउने योजना उद्योगले बनाएको छ ।

नेपालका करिब ४० देखि ४५ जिल्लामा प्राकृतिक रूपमा लौठसल्लो पाइने हुनाले कच्चा पदार्थको पर्याप्त सम्भावना रहेको देखिन्छ । उद्योगको वर्तमान क्षमता अनुसार मासिक ७० देखि ८० किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिन्छ । वार्षिक रूपमा १ हजार ५ सय टनसम्म लौठसल्लो प्रशोधन गर्न सकेको खण्डमा २ देखि ३ हजार किलोसम्म उच्च गुणस्तरको क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन गर्न सकिने सम्भावना छ ।

यसले स्वदेशी जडीबुटीको प्रवर्द्धन मात्र नभई देशको व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत ठुलो टेवा पुग्ने विश्वास लिइएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।