Khaptad Organic Nepal

म्याग्दी । मोफसलका ग्रामीण भेगका महिलालाई लक्षित गरी आयोजना गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा छ सयभन्दा बढी सर्वसाधारणले उपचार सेवा पाएका छन् ।

मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सकिएको स्त्रीरोगसम्बन्धी उक्त विशेष शिविरमा ६१४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको हो । ‘कल्प इमपावर उमेन नेपाल’ को अग्रसरता तथा विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो ।

ग्रामीण क्षेत्रमा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने, स्त्रीरोगसम्बन्धी चेतना फैलाउने र नागरिकको उपचारमा सहज पहुँच पुर्‍याउने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष पूजा कोइरालाले जानकारी दिए । उनका अनुसार परीक्षणका क्रममा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण देखिएका १५ जना बिरामीलाई फेला पारिएको छ । ती महिलाहरूलाई थप तथा विस्तृत उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा पठाइएको छ । शिविरमा क्यान्सररोग विशेषज्ञ डा. विनोद अर्याल र स्त्रीरोग विशेषज्ञ बविता शाह सहितको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र निःशुल्क औषधि समेत वितरण गरेको थियो ।

दरवाङ आधारभूत अस्पतालको प्राङ्गणमा सञ्चालित सो शिविरमा मालिका गाउँपालिकाका साथै छिमेकी मङ्गला र धवलागिरि गाउँपालिकाका महिलाहरूले समेत उल्लेख्य सहभागिता जनाएका थिए । चेतनाको अभाव र सामाजिक सङ्कोचका कारण कतिपय महिलाहरू अझै पनि आफ्नो रोग लुकाएर बस्न बाध्य भएको स्थिति बुझेर यो अभियान चलाइएको शिविर संयोजक शिला पुनले बताइन् । विशेष गरी सानै उमेरमा विवाह गर्ने तथा शारीरिक र मानसिक रूपमा परिपक्व नभई आमा बन्ने किशोरीहरूमा यस्तो स्वास्थ्य समस्या बढी देखिने गरेको उनको भनाइ छ ।

स्वास्थ्य परीक्षण सुरु हुनुअघि जेठ १० गते मालिका गाउँपालिकाका विभिन्न वडाका २७ जना किशोरी तथा युवतीहरूलाई पाठेघरको मुखको क्यान्सर, यसका कारण र बच्ने उपायबारे अभिमुखीकरण दिइएको थियो । तालिमप्राप्त ती किशोरीहरूले जेठ ११ गते स्थानीय बस्तीहरूमा पुगेर स्वास्थ्य सचेतना जगाउने कार्य गरेका थिए ।

युवा महिलाहरूको सक्रियतामा स्थापित कल्प संस्थाले ‘मातृत्व जोगाउने अभियान’ मार्फत हालसम्म २० हजारभन्दा बढी महिलालाई सेवा पुर्‍याइसकेको छ । यस पटकको शिविर सम्पन्न गर्न मालिका गाउँपालिका र ‘जेके’ फाउन्डेसनले समेत सहयोग उपलब्ध गराएको संस्थाका कार्यक्रम विकास प्रमुख सम्राट थापाले जानकारी दिए ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।