Khaptad Organic Nepal

काठमाडौँ । पाठेघरको मुख र स्तन क्यान्सरको समयमै पहिचान गरी उपचार गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले चलाएको स्वास्थ्य शिविरबाट थुप्रै महिला लाभान्वित भएका छन् ।

महानगरले वीर अस्पतालसँग मिलेर गरेको परीक्षणमा सहभागी २ हजार ७७९ महिलामध्ये ९० जनामा एचपीभी डीएनए संक्रमण फेला परेको छ । स्वास्थ्य विभागका अनुसार तीमध्ये १२ जनामा एचपीभी–१६, १३ जनामा एचपीभी–१८ र ६५ जनामा अन्य प्रजातिको एचपीभी संक्रमण पुष्टि भएको हो । चिकित्सकहरूका अनुसार यो संक्रमण देखिँदैमा क्यान्सर भइसकेको भने होइन, तर यसले भविष्यमा क्यान्सर हुन सक्ने जोखिमलाई बुझाउँछ ।

गत चैत १६ देखि वैशाख २१ सम्म चलेको यस अभियानमा नाम लेखाएका ३ हजार ४९४ महिलामध्ये २ हजार ९७५ जना मात्रै अस्पताल पुगेका थिए । तीमध्ये २ हजार ९६१ जनाको स्तन परीक्षण गर्दा ४११ जनाको म्यामोग्राम र ४९४ जनाको भिडियो एक्सरे गरिएको थियो । जाँचका क्रममा ११ जना महिलामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण भेटिएको छ, जसमा चार जना उच्च जोखिम र सात जना न्यून जोखिमको अवस्थामा छन् । यस्तै, स्तन परीक्षण गरिएकामध्ये चार जनाको बायोप्सी गर्दा दुई जनामा क्यान्सर प्रमाणित भई हाल उपचार सुरु भइसकेको छ ।

वडागत तथ्यांक हेर्दा वडा नम्बर २२ मा सबैभन्दा धेरै ११ जनामा संक्रमण देखिएको छ । वडा नम्बर १६ मा नौ जना, १४ र १५ मा सात–सात जना तथा वडा नम्बर ७ मा छ जना संक्रमित फेला परेका छन् ।

अर्कोतर्फ वडा नम्बर २, १२, १७, १८, २० र २१ का महिलामा भने कुनै संक्रमण पाइएन । स्वास्थ्यकर्मीहरूले ३० देखि ६० वर्षका महिलालाई हरेक पाँच वर्षमा एकपटक पाठेघरको मुखको परीक्षण गर्न र स्तनमा कुनै पनि किसिमको गिर्खा वा अस्वाभाविक परिवर्तन देखिएमा तुरुन्त चिकित्सकलाई देखाउन सुझाव दिएका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।