काठमाडौँ । आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवस मनाइँदैछ ।
समुद्र मन्थनका क्रममा अमृत कलशसहित प्रकट भएका धन्वन्तरीको जन्मजयन्तीलाई आयुर्वेद चिकित्सकहरूले शुभकार्यको थालनी गर्ने विशेष अवसरका रूपमा लिने गरेका छन् ।
नेपालमा नरदेवीस्थित आयुर्वेद क्याम्पसको स्थापनासँगै विधिवत् रूपमा मनाउन थालिएको यो पर्वमा जडीबुटी र आयुर्वेद ग्रन्थसहित भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ ।
वि.सं. २०५६ देखि यस दिनलाई आरोग्यता दिवसका रूपमा समेत मनाउन थालिएको हो ।

