काठमाडौँ । भदौको जेनजी आन्दोलनका क्रममा काठमाडौँको प्रशासन सम्हालेका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँको सुविधानगरबाट मंगलबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
रिजालमाथि आन्दोलनकारीलाई नियन्त्रणमा लिन गोली चलाउने आदेश दिएको गम्भीर आरोप लागेको छ । गौरीबहादुर कार्कीको नेतृत्वमा गठित छानबिन आयोगले उनलाई दोषी ठहर गर्दै कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो । सोही प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
यसअघि सोही आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन् ।



