Khaptad Organic Nepal

काठमाडौँ । नेपालले खोपका लागि ग्लोबल अलायन्स (गाभी)लाई बुझाउनुपर्ने तीन लाख आठ हजार २७१ अमेरिकी डलर अब फिर्ता गर्नु नपर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको विशेष पहलपछि उक्त रकम आगामी दिनमा नेपालले प्राप्त गर्ने ‘गाभी ६.०’ कार्यक्रमको बजेटबाटै समायोजन गरिने निर्णय भएको हो ।

विश्व स्वास्थ्य सभाका क्रममा मन्त्री मेहता र गाभी प्रतिनिधिबीच भएको छलफल तथा नेपाल सरकारले पठाएको औपचारिक प्रस्तावका आधारमा यो सहमति जुटेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । गाभीले पठाएको पत्र अनुसार यो निर्णय केवल एक पटकका लागि गरिएको विशेष व्यवस्था हो र यसलाई भविष्यका लागि नजिर मान्न सकिने छैन ।

सन् २०२२ मा स्वास्थ्य सेवा विभागसहित २२ वटा निकायको लेखापरीक्षण गर्दा आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको अवधिमा यो रकम दाखिला हुनुपर्ने देखिएको थियो । त्यसपछि सन् २०२४ मा भएको फलोअप लेखापरीक्षण पछि गाभीले उक्त रकम फिर्ताको लागि भुक्तानी योजना मागेको थियो । तर, मन्त्रालयको निरन्तर समन्वय र गत जुन ४ मा पठाइएको प्रस्ताव स्वीकार गर्दै गाभीले सो रकम फिर्ता नमागी आगामी सहयोगबाटै मिलान गर्न मञ्जुर गरेको हो ।

गाभीले पत्रमार्फत नेपालको राष्ट्रिय खोप कार्यक्रम, खोप सेवाको विस्तार, वित्तीय अनुशासन र लेखापरीक्षणका सुझाव कार्यान्वयनमा देखाएको तदारुकताको प्रशंसा गरेको छ । सन् २०१४ देखि सुरु भएको साझेदारी अन्तर्गत गाभीले हालसम्म नेपाललाई ५५० मिलियन अमेरिकी डलरभन्दा बढीको सहयोग उपलब्ध गराइसकेको छ । यस निर्णयले दुवै पक्षबीचको साझेदारीलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय खोप कार्यक्रमको दिगोपनमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।