Author: khaptadm-admin

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार र दीर्घकालीन पुनरुत्थानका लागि जर्मनीले नेपाललाई ८० लाख युरो (करिब १ अर्ब २५ करोड रुपैयाँ) भन्दा बढीको आर्थिक तथा भौतिक सहायता घोषणा गरेको छ । जर्मन सरकारले आपत्कालीन मानवीय सहायताका साथै स्वास्थ्य, ऊर्जा, खानेपानी र विपद् उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा यो सहयोग परिचालन गर्ने भएको हो । नेपाल सरकारको अनुरोधपछि युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत त्रिपाल, झुल, भान्साका सामान, फोल्डिङ बेड र खानेपानी उपकरणसहित ५ लाख युरो बराबरका आपत्कालीन सामग्री पठाइएको छ । यस्तै, बाढी प्रभावित गर्भवती महिला, सुत्केरी, नवजात शिशुको स्वास्थ्य सेवा तथा विस्थापित शिविरको अवस्था सुधार गर्न र…

Read More

काठमाडौँ । संघीय संसदका दुवै सदन अन्तर्गतका ६ वटा संसदीय समितिको बैठक आज शुक्रबार बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका तीन-तीन वटा समितिले विभिन्न महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने कार्यसूची छ । उक्त बैठकमा अर्थमन्त्री, सचिव, कानुन सचिव र नेपाल राष्ट्र बैंकका अधिकारीहरू सहभागी हुँदैछन् । यस्तै, महिला तथा सामाजिक मामिला समितिमा बाढी प्रभावित क्षेत्र तथा राहत शिविरमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र जोखिममा परेका समूहलाई यौन शोषण, हिंसा र उत्पीडनबाट संरक्षण गर्ने…

Read More

काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती आज देशभर विविध साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । अल्पायुमै निधन भए पनि नेपाली भाषा र साहित्यको उत्थानमा उनले दिएको योगदानको स्मरण गर्दै विभिन्न सङ्घसंस्थाले कार्यक्रम मनाउन लागेका हुन् । विक्रम संवत् १९२३ को भाद्र कृष्ण कुशे औँसीका दिन काठमाडौँको भोटाहिटीमा जन्मेका भट्टको १९५३ सालको भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । छोटो जीवनकालमै उनले नेपाली साहित्यको श्रीवृद्धिमा दूरगामी प्रभाव पार्ने कामहरू गरे । नेपाली साहित्यमा शृङ्गार रसलाई भित्र्याएर लोकप्रिय बनाउनुका साथै उनले गजल विधाको जग बसालेका थिए । आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक तयार…

Read More

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज वर्षभरिका देवकार्य तथा पितृकार्यका लागि आवश्यक पर्ने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँसी पर्व मनाउँदैछन् । शास्त्रोक्त विधिपूर्वक ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्न मिल्ने भए पनि आजका दिन भित्र्याइएको कुश भने वर्षभरि नै उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको साक्षात प्रतीकका रूपमा पूजा गरिन्छ । आजैका दिन छोराछोरीहरूले आफ्ना जीवित बाबालाई मनपर्ने परिकार तथा मिठाई खुवाएर आदर-सम्मान प्रकट गर्दै ‘बाबुको मुख हेर्ने’ गर्दछन् । बाबु…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालभर मनसुनी वायुको असर कायम छ । न्यून चापीय रेखा औसत स्थान आसपास नै रहेकाले देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज हिमाली भेगमा वर्षा र हिमपात दुवैको जोखिम छ भने पहाडी तथा तराईका अधिकांश भूभागमा मध्यमसम्मको वर्षा हुने देखिन्छ । मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने हावाहुरीको सम्भावनासमेत छ । विशेष गरी बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराईका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै आज राति पनि देशभर बदली रही पहाडी र…

Read More

आजको राशिफल बिस २०८३ भाद्र २६ गते शुक्रबार ईस २०२६ सेप्टेम्बर ११ नेपाल सम्बत ११४६ गुलागा आमै, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष औसी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, साध्य योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १५ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मविश्वासका साथ अघि बढ्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ र त्यसलाई कुशलतापूर्वक पूरा गर्न सकिनेछ। व्यापारमा नयाँ ग्राहक वा कारोबार थपिने…

Read More

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ देखि १० गतेसम्म अमेरिका जाने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री शाहको उक्त भ्रमण तालिकालाई औपचारिक स्वीकृति दिएको हो । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भ्रमण स्वीकृतिको जानकारी दिएका हुन् । यसैगरी, बैठकले दुई सहसचिवलाई सचिव पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ । प्रवक्ता पोखरेलका अनुसार बढुवा भएका सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीमध्ये कुँवरलाई लुम्बिनी प्रदेश तथा खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापना गरिएको छ ।

Read More

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीबाट भएको भौतिक क्षतिपछिको पुनर्निर्माण तथा पुनरुत्थान सम्पन्न गर्न सात खर्बभन्दा बढी बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन अनुसार सो कार्यका लागि कुल ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ । बाढीबाट ऊर्जा, सडक, निजी आवास र कृषि क्षेत्रमा व्यापक असर परेको छ । कुल बजेटमध्ये पूर्वाधार क्षेत्रको पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्नेछ । जसमा ७५९ मेगावाटका १३ जलविद्युत् आयोजना…

Read More

दाङ । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले दाङका फरक-फरक वन क्षेत्रबाट ११ थान एकनाले भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइहरूले भदौ २५ गते बिहान चार घण्टा चलाएको विशेष खोजतलास अभियानका क्रममा ती हतियारहरू बेवारिसे अवस्थामा बरामद भएका हुन् । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१ शिरुखर्कमा रहेको राष्ट्रिय वनबाट ६ थान बन्दुक भेटिएका थिए । त्यस्तै, बंगलाचुली गाउँपालिका–८ कएना पानीस्थित सामुदायिक वनबाट २ थान र लमही नगरपालिका–७ को नवशान्ती सामुदायिक वन क्षेत्रबाट ३ थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ । बरामद गरिएका सम्पूर्ण हतियारहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ…

Read More

काठमाडौँ । रसुवामा गएको बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी कार्यलाई तीव्रता दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले विपद्ले पुर्‍याएको क्षतिको तुलनामा हालसम्म भएका खोज तथा उद्धारका प्रयासहरू अपर्याप्त देखिएको बताए । उनले थप दक्ष जनशक्ति, आधुनिक उपकरण तथा आवश्यक स्रोत-साधनको तत्काल व्यवस्थापन गरी खोजी प्रक्रियालाई अझ प्रभावकारी बनाउन माग गरे । सचेतक बुर्लाकोटीले उद्धार गरिएका, बेपत्ता भएका र ज्यान गुमाएका व्यक्तिहरूको आधिकारिक विवरण स्थानीय प्रभावित वडा तहसम्म नियमित रूपमा पुर्‍याउने र पीडित परिवारलाई सोझै जानकारी दिने संयन्त्र बनाउनुपर्नेमा जोड दिए । साथै फेला परेका शवहरूको…

Read More