- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
भक्तपुर । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श र आवश्यक सहयोग उपलब्ध गराएपछि मात्र नियमित कक्षा सञ्चालन गर्न शिक्षा विभागले स्थानीय तह तथा विद्यालयहरूलाई निर्देशन दिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभाग (योजना तथा कार्यक्रम शाखा) ले आज एक पत्र जारी गर्दै विपद्का कारण विद्यार्थीमा भय, त्रास र तनाव उत्पन्न हुन सक्ने स्पष्ट पारेको छ । त्यसैले नियमित पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्थाको परीक्षण गर्नुपर्ने विभागको जोड छ । विभागले सम्बन्धित स्थानीय तह र विद्यालयलाई नजिकका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूसँग समन्वय गर्न आग्रह गरेको छ । विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गरी परामर्श तथा आवश्यक…
काठमाडौँ । जेई संक्रमणको दर तीव्र रूपमा वृद्धि भएसँगै झापा र कैलालीका तोकिएका क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै असोजको पहिलो सातादेखि दुवै जिल्लामा खोप कार्यक्रम सुरु गर्न लागेको हो । जसअन्तर्गत कैलालीमा असोज १ गतेबाट र झापामा असोज ५ गतेबाट सर्वसाधारणलाई खोप दिइनेछ । बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार संक्रमणको जोखिम बढी रहेका स्थानलाई लक्षित गरी पहिलो चरणको खोप अभियान सुरु गर्न लागिएको हो । अभियानअन्तर्गत झापाका सबै स्थानीय तहका साथै कैलालीका धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा ३० वर्ष…
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशीमा आएको भीषण बाढीका कारण विस्थापित भई विभिन्न स्थानका होल्डिङ सेन्टरमा शरण लिइरहेका नागरिकलाई सुरक्षित र व्यवस्थित अस्थायी बासस्थानमा सार्न सरकारी टोलीले स्थलगत तथ्याङ्क सङ्कलन थालेको छ । अस्थायी शिविरमा कष्टकर जीवन बिताउन बाध्य परिवारलाई उनीहरूकै चाहना अनुरूप सुरक्षित आवासको प्रबन्ध मिलाउन प्रधानमन्त्री सचिवालयको समन्वयमा यो पहलकदमी अघि बढाइएको हो । शहरी विकास तथा भवन निर्माण विभागले मङ्गलबारदेखि नै प्राविधिक टोली खटाएर स्थलगत अवस्था र प्रभावित क्षेत्रको आवश्यकता अध्ययन गरिरहेको छ । तथ्याङ्क सङ्कलनका क्रममा बाढीले घरमा पुर्याएको क्षति, परिवारका गुमेका वा बेपत्ता भएका सदस्यको विवरण तथा उनीहरू भाडामा बस्न चाहन्छन् वा अन्यत्र स्थानान्तरण हुन खोजेका हुन्…
काठमाडौँ । शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट दर्ता भएको छ । धितोपत्र बजार मापक सूचक नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा पुगेर थामिएको छ । आज बजारमा कुल ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर रु. ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ बराबरमा किनबेच भएका छन् । कारोबार अवधिभर सबै उपसूचकहरूमा रातो पोतिएकाले समग्र बजारमा शिथिलता देखिएको छ । मुल्यवृद्धिका हिसाबले अपर लाहोर खोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाग्यो भने शुभम पावरका लगानीकर्ताले ६.४० प्रतिशत कमाए । अर्कातर्फ, इमर्जिङ नेपालको शेयर मूल्य सबैभन्दा बढी १४.९९ प्रतिशतले ओरालो लागेको छ । कारोबार रकमका…
काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि श्रीलंकाली राजदूत रुवन्थी डेल्पिटियाबीच आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा राजदूत डेल्पिटियाले हालै नेपालमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षतिप्रति श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धता जनाइन् । विपद्पछि जारी राहत तथा पुनरुत्थान कार्यमा सघाउ पुर्याउने उद्देश्यले उनले श्रीलंका सरकारका तर्फबाट १० लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ) बराबरको आर्थिक सहयोग रकम हस्तान्तरण गरेकी हुन् । नेपाललाई संकटको घडीमा प्राप्त सहयोगप्रति परराष्ट्रमन्त्री खनालले श्रीलंका सरकार र त्यहाँका जनतालाई विशेष धन्यवाद ज्ञापन गरे । दुई देशबीच रहेको ऐतिहासिक सम्बन्ध र आपसी सद्भावको…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनलाई कब्जामा लिएर २४ गते सुनियोजित ढंगले लोकतन्त्रमाथि नै धावा बोलिएको बताएका छन् । भदौ २४ गते भएको घटनाको एक वर्ष पुगेको सन्दर्भमा एक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, दलका कार्यालय तथा सर्वसाधारणको सम्पत्तिमाथि भएको तोडफोड र आगजनीलाई देशको इतिहासकै सबैभन्दा निराशाजनक र कालो क्षणका रूपमा चित्रण गरेका छन् । उम्मेदवार तथा सुरक्षा व्यवस्थाका विषयमा अघिल्लो दिन युवाको ज्यान गएको घटनाबाट सिर्जित आक्रोश मात्र यो नभएको उल्लेख गर्दै उनले यस पछाडिको वास्तविक षड्यन्त्र पत्ता लगाउन गहिरो अनुसन्धान हुनुपर्नेमा जोड…
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ११ अर्ब ९५ करोडभन्दा बढी रकम जम्मा भएको छ। अर्थ मन्त्रालयका अनुसार कोषमा रहेका नौवटा नेपाली रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख र दुईवटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ डलर मौज्दात रहेको छ । अमेरिकी डलरलाई प्रचलित विनिमय दरअनुसार रूपान्तरण गर्दा कोषको कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको हो । हालैको रसुवा–भोटेकोशी बाढीपहिरोपछि मात्रै कोषमा रु. ७ अर्ब ६८ करोडभन्दा बढी र २ करोड ५ लाखभन्दा बढी अमेरिकी डलर सङ्कलन भएको मन्त्रालयले जनाएको छ । यसअघि भदौ १६ गते राहत…
काठमाडौँ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछन् । दिनको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किंग र खप्तड फाल्कन्सबीच दिउँसो ४ बजे प्रतिस्पर्धा हुने कार्यतालिका छ । यसअघि खेलेका तीनै खेलमा पराजय भोगेको खप्तड पहिलो जितको खोजीमा मैदान उत्रिनेछ भने तीनमध्ये दुई खेल जितिसकेको अन्नपूर्ण आफ्नो लय कायम राख्ने दाउमा छ । त्यसैगरी साँझ ७ बजे हुने दोस्रो खेलमा काठमाडौँ रेड्स र कर्णाली शिवराज आमनेसामने हुनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको कर्णाली अहिलेसम्मका तीनै खेल जितेर अपराजित छ भने काठमाडौँ रेड्सले तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको…
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका दुई विषयगत समितिको बैठक आज आयोजना गरिएको छ । पछिल्ला विपद्का घटनाले पुर्याएको क्षति र उपभोक्ताको दैनिक उपभोग्य वस्तुको व्यवस्थापन जस्ता महत्त्वपूर्ण विषयमा छलफल गर्न अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम समितिको बैठक डाकिएको हो । संसद् सचिवालयका अनुसार बिहान साढे ९ बजे बस्ने अर्थ समितिमा रसुवामा आएको बाढीपछिको उद्धार, राहत तथा पुनर्निमाणबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूसँग कुराकानी हुँदैछ । साथै, प्राकृतिक विपत्तिले देशको समग्र आर्थिक क्षेत्रमा पारेको असरबारे अर्थ मन्त्रालय र क्षति मूल्याङ्कन सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छुट्टाछुट्टै छलफल गर्ने तालिका तय गरिएको छ । उता बिहान १०…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेको जनाएको छ । हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै क्षेत्रका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहेको छ । यस्तै गण्डकी र सुदूरपश्चिमका तराई भेगमा आंशिक बदली छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थान तथा लुम्बिनी, कर्णाली…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
