Author: khaptadm-admin

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार सम्पन्न कूटनीतिक भेटघाटमा साइप्रसमा उच्च शिक्षा हासिल गरिरहेका नेपाली विद्यार्थीको हित रक्षा र दुई देशबीच शैक्षिक सहकार्य विस्तारका विषयमा गहन छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा शिक्षामन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भएको शिष्टाचार साक्षत्कारमा वैदेशिक शिक्षा प्रणालीलाई थप सहज एवं प्रभावकारी बनाउनेबारे विचार-विमर्श गरियो । उक्त अवसरमा साइप्रसका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले व्यहोर्नुपरेका असजिलाहरू हटाउन दुवै पक्षबीच सहजीकरण गर्ने सहमति भएको छ । छलफलका क्रममा शिक्षामन्त्री पोखरेलले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्राप्त गर्ने कार्यका साथै विदेशी शिक्षण संस्थाबाट प्राप्त उपाधिको समकक्षता (इक्युभलेन्स) तोक्ने व्यवस्थालाई…

Read More

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार झिनो गिरावट दर्ता भएको छ । कारोबार समयभर उतारचढावपूर्ण स्थितिमा रहेको सेयर बजार अन्त्यमा ०.९४ अंकले घटेर २६३०.७६ विन्दुमा ओर्लिएर बन्द भएको छ । आजको कारोबारमा विभिन्न ३६० वटा कम्पनीका १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ रुपैयाँ बराबरको वित्तीय कारोबार भएको छ । समूहगत सूचकको अवस्था हेर्दा जलविद्युत (हाइड्रो), लघुवित्त (माइक्रोफाइनान्स), म्युचुअल फन्ड र अन्य समूहबाहेक बाँकी सम्पूर्ण क्षेत्रका सेयर मूल्यमा मन्दी देखिएको छ । बजारमा बेनी हाइड्रोको सेयर मूल्यमा उत्साहजनक वृद्धि भई १४.९८ प्रतिशतले…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६१ पैसा कायम भएको छ । मुद्रा (Currency) खरिददर (रु.) बिक्रीदर (रु.) अमेरिकी डलर (USD) १५२.१० १५२.६१ युरोपियन युरो (EUR) १७०.३२ १७०.९९ पाउन्ड स्टर्लिङ (GBP) २०२.८५ २०३.६५ स्विस फ्र्याङ्क (CHF) १८४.०३ १८४.७६ अस्ट्रेलियन डलर (AUD) १०६.९८ १०७.४० क्यानेडियन डलर (CAD) १०८.४५ १०८.८८ सिङ्गापुर डलर (SGD) ११७.७६ ११८.२३ जापानी येन (१०) ९.६६ ९.७० चिनियाँ युआन (CNY) २२.७९ २२.८८ साउदी अरेबियन रियाल (SAR) ४०.५० ४०.६६ कतारी रियाल (QAR) ४१.७० ४१.८७ थाई भाट (THB) ४.४९ ४.५१ संयुक्त अरब इमिरेट्स दिराम…

Read More

आजको राशिफल बिस २०८३ कार्तिक १० गते मंगलबार ईस २०२६ अक्टोबर २७ नेपाल सम्बत ११४६ कौलाथ्व पारु, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष  प्रतिपदा, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सिद्धि योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २६ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रतिस्पर्धात्मक काममा आफ्नो क्षमता देखाउने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त भए आत्मविश्वासका साथ अघि बढ्नुहोला, तर हतारमा निर्णय नगर्नु उचित हुनेछ। व्यापारमा नयाँ…

Read More

काठमाडौँ । कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा देखिएका उडान समस्या सुल्झाउन र हवाइ सेवालाई चुस्त बनाउन सरोकारवाला निकायबीच गम्भीर छलफल भएको छ । मन्त्रालयमा आयोजित बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका उच्च पदस्थ पदाधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक तथा निजी वायुसेवा सञ्चालकहरूको उपस्थिति थियो । छलफलका क्रममा दुर्गम क्षेत्रका बासिन्दाले भोग्दै आएका हवाइ यातायातका सास्ती, नियमित उडानको सुनिश्चितता र सम्भावित समाधानका उपायहरूबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर ३ बल्घा क्षेत्रमा सोमबार भएको अटो दुर्घटनाबाट छ जना नागरिक घाइते हुन पुगेका छन् । बल्घाबाट कटौजेतर्फ जाँदै गरेको लु प्र ०१००१ ह २४४४ नम्बरको उक्त अटो सडकबाट डेढ सय मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये सोही गाउँपालिकाकी ३८ वर्षीया यमकला खाम्चाको शारीरिक अवस्था चिन्ताजनक रहेको छ । घटनास्थलमा रहेका सवारी चालकसहित कूल आठ जना यात्रुमध्ये बाँकी एक नाबालक सहित पाँच जनाको स्वास्थ्य स्थिति भने सामान्य रहेको बताइएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार टोलीले तत्काल सबै…

Read More

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा भव्यताका साथ सुरु भएको छ। उक्त प्रतियोगिताको उद्‍घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह कीर्तिपुर मैदान पुगेका थिए। मैदान प्रवेशका क्रममा प्रधानमन्त्री शाहलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्कालगायत पदाधिकारीहरूले स्वागत गरेका थिए। सो क्रममा प्रधानमन्त्रीसँगै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पनि उपस्थिति रहेको थियो। उद्‍घाटन खेलमा आमनेसामने हुन लागेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सका खेलाडीहरूसँग प्रधानमन्त्री शाहले हात मिलाउँदै शुभकामना व्यक्त गरेका थिए। राष्ट्रिय गान समाप्त भएपश्चात् उनले खेलका अम्पायरलाई आधिकारिक क्रिकेट बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गरे।

Read More

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकास्थित जगन्नाथ आधारभूत विद्यालयका एक शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । बालविकास सहयोगी कार्यकर्ताका रूपमा कार्यरत हरिराम डंगौरा थारुले पद र सुविधा हत्याउन चौमालास्थित मालिका माध्यमिक विद्यालयको फर्जी प्रवेशिका परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अनुसन्धानबाट सो प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि आयोगले उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा जरिवानाको माग गर्दै मुद्दा दायर गरेको हो ।

Read More

काठमाडौँ । बंगालको खाडीमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण आगामी दिनमा नेपालका धेरैजसो भूभागमा वर्षा, भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार चक्रवातको असर मुख्य रूपमा देखिने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात, हिमआँधी र पहिरोको जोखिम रहेकाले यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। धानबाली काट्ने तथा भित्र्याउने बेला भएकाले किसानहरूलाई अन्न सुरक्षित…

Read More

काठमाडौँ । मुलुकको अनुसन्धान तथा परीक्षण दायरा फराकिलो बनाउने उद्देश्यले बेलायतवासी दुई जना गैरआवासीय नेपालीले परराष्ट्र मन्त्रालयलाई एक करोड रुपैयाँ नगद र डीएनए परीक्षणसम्बन्धी सामग्री सहयोगस्वरूप प्रदान गरेका छन् । राजधानीमा आयोजित एक विशेष कार्यक्रमकाबीच एनआरएनद्वय उत्तम नेपालले एक करोड रुपैयाँको चेक र कुल आचार्यले डीएनए परीक्षणका सामाग्रीहरू परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष हस्तान्तरण गरेका हुन् । सो अवसरमा मन्त्री खनालले प्राप्त सहयोगले नेपाल सरकारको प्राविधिक तथा अनुसन्धान गर्ने क्षमता थप सुदृढ बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सांसद विदुषी राणा लगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू र गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Read More