Author: khaptadm-admin

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोलिदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताका सबै ३२ खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछन् । भोलि बेलुकी ५ बजे हुने उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । यसपटक एनपीएलमा पहिलोपटक हक–आई प्रविधिमा आधारित डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिनेछ, जसअनुसार हरेक टोलीले प्रति इनिङ्स दुईवटासम्म समीक्षा गर्न पाउने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त यस संस्करणमा अनुभवी वैदेशिक खेलाडीको सहभागिता रहने हुनाले नेपाली…

Read More

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको तत्काल पार्टी एकताको विषयलाई पूर्णतः खारेज गरेका छन् । दुवै दलको विगत, पृष्ठभूमि र राजनीतिक आचरणबारे गम्भीर समीक्षा नगरी एकता सम्भव नभएको उनको भनाइ छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको ‘राष्ट्रिय जागरण अभियान’ को उद्घाटन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा प्रतिबद्ध रहेको दाबी गरे । एमालेमाथि भ्रष्टाचार जोगाएको आरोप लगाउँदै उनले गल्ती स्वीकार्ने र आत्मसमीक्षा गर्ने परिपाटी अन्य दलहरूमा नरहेको टिप्पणी गरे । सरकारमा छँदा आफ्नो पक्षबाट भएका कमी-कमजोरी स्वीकार्न तयार रहेको उल्लेख गर्दै उनले सुशासनका लागि इमानदार प्रयास गरेको बताए…

Read More

काठमाडौँ । आज देशका अधिकांश भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ भने पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया सफा रहँदा बिहानको समयमा तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको मौसम विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई क्षेत्रमा बिहानपख हुस्सु तथा कुहिरोको प्रभाव दोहोरिन सक्ने महाशाखाले जानकारी दिएको…

Read More

आजको राशिफल बिस २०८३ कार्तिक ८ गते आइतबार ईस २०२६ अक्टोबर २५ नेपाल सम्बत ११४६ कौलाथ्व पुर्णिमा, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल पक्ष पुर्णिमा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, हर्शण योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २७ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको जिम्मेवारी लिने वा चुनौतीपूर्ण विषयमा आफ्नो क्षमता देखाउने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा सक्रियता बढे पनि हतारमा निर्णय गर्दा समस्या आउन सक्ने भएकाले आवश्यक…

Read More

काठमाडौँ । तिब्बतमा शनिबार बिहान केही घण्टाको अन्तरमा तीन पटक भूकम्पका धक्का महसुस गरिएका छन् । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार शनिबार राति १ बजेर ८ मिनेटमा ४.० म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु जमिनबाट १५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । यस्तै, राति २ बजेर ७ मिनेटमा ४.६ म्याग्निच्युडको दोस्रो र बिहान ५ बजेर ३८ मिनेटमा ४.५ म्याग्निच्युडको तेस्रो भूकम्प मापन गरिएको छ । ती दुवै भूकम्पको केन्द्रविन्दु जमिनमुनि १० किलोमिटर गहिराइमा परेको थियो । यसैबीच, चीनमा पनि शनिबार बिहान ४ बजेर ९ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । त्यसको केन्द्रविन्दु पनि १० किलोमिटर…

Read More

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज विश्वभर ‘विश्व विकास सूचना दिवस’ मनाइँदै छ। सन् १९७२ मा राष्ट्रसङ्घको साधारण सभाले निर्णय गरेयता हरेक वर्ष अक्टोबर २४ का दिन यो दिवस मनाउने गरिएको हो । सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्वव्यापीकरणका चुनौतीहरूलाई सम्बोधन गर्न नयाँ अवसर सिर्जना गरेको छ। विशेषगरी आर्थिक वृद्धि, स्वच्छ प्रतिस्पर्धा, सूचना र ज्ञानमा सर्वसाधारणको पहुँच, गरिबी निवारण तथा सामाजिक समावेशीकरणलाई प्रवर्धन गर्ने मूल उद्देश्यका साथ यो दिवसको आयोजना गरिन्छ। विकासका समस्या र चुनौतीप्रति खासगरी युवा वर्गमा सचेतना अभिवृद्धि गर्न सूचनाको सहज प्रवाह र गतिशीलताले महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रसङ्घको विश्वास छ। यसका साथै दिवसले विकासका साझेदारहरूबीच अन्तर्राष्ट्रिय…

Read More

काठमाडौँ । बडादशैँको टीका ग्रहण गर्ने क्रम देशभर उत्साहका साथ अझै पनि निरन्तर चलिरहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीका दिनदेखि सुरु भएको यो शुभ परम्परा पूर्णिमाको दिनसम्मै जारी रहनेछ । यता, चाडपर्व मनाउने क्रमसँगै राजधानी काठमाडौँ उपत्यकामा आवतजावत गर्ने र बाहिरिने यात्रुहरूको चाप पनि उत्तिकै बढेको छ । दशैँ मनाएर घरबाट फर्किने तथा विभिन्न काजमा बाहिरिनेहरूको चहलपहलले यातायात क्षेत्रमा सक्रियता थपिएको छ ।

Read More

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । दिउँसोको समयमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै, रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

Read More

काठमाडौँ । ग्रह र नक्षत्रहरूको चाल तथा पञ्चाङ्गको गणनाअनुसार आज वि.सं. २०८३ साल कात्तिक ७ गते शनिबारका दिन सम्पूर्ण १२ वटै राशिका जातकहरूका लागि दैनिक जीवनमा पर्ने प्रभावको विस्तृत विवरण सार्वजनिक गरिएको छ । यस दिनको ग्रहगोचरले स्वास्थ्य, व्यापार, वैदेशिक कार्य, शिक्षा र प्रेम सम्बन्धमा फरक–फरक किसिमको फल प्रदान गर्नेछ । मेष: आज मनमा निराशा र शरीरमा आलस्य महसुस हुन सक्ने दिन रहेको छ । समय–समयमा उत्पन्न हुने चिन्ता, द्विविधा र मानसिक अस्थिरताले सताउन सक्ने भएकाले धैर्य राख्नुहोला । पारिवारिक जिम्मेवारीका कारण घरपरिवारलाई पर्याप्त समय दिन कठिन हुन सक्छ । आजको भाग्यशाली रङ हरियो र अंक १ रहेको छ ।…

Read More

काठमाडौँ । मनास्लु लार्केपास पदयात्रा आंशिक रूपमा खुला भएको छ । बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्ग, पुल तथा टी-हाउस लजहरू धार्चे र चुमनुब्री गाउँपालिकाको संयुक्त प्रयासमा मर्मत गरिएपछि यो मार्ग पुनः सञ्चालनमा आएको हो । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) ले एक सूचना जारी गर्दै पदयात्रीहरूलाई आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ । टानका अनुसार पदयात्रीहरू माछाखोलासम्म सवारीसाधनमार्फत पुगेर जगत, न्याकफेदी हुँदै लार्केपासतर्फको यात्रा अघि बढाउन सक्छन् । यारु बगर क्षेत्रको नियमित पदमार्गमा अझै केही कठिनाइ बाँकी रहेकाले १० मिनेटको वैकल्पिक मार्ग प्रयोग गर्न टानले अनुरोध गरेको छ । बाँकी कठिन खण्डहरूको मर्मत…

Read More