- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनअन्तर्गत महिला उपसभापति पदमा सोबिता गौतम निर्वाचित भएकी छन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार गौतमले अर्की प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई पराजित गरेकी हुन् । खसेको मतमध्ये गौतमले ७८९ मत प्राप्त गरिन् भने कार्कीले ५७२ मत पाइन् । पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने प्रयास स्वरूप यो निर्वाचन सम्पन्न भएको हो । दुवै जना संसद्मा समेत सक्रिय भूमिकामा रहेका युवा नेता हुन् ।
काठमाडौँ । नदीकिनारका सुकुम्बासी बस्तीबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकहरूले सरकारले वैकल्पिक व्यवस्था नगरेको भन्दै आन्दोलन सुरु गरेका छन् । उचित पुनःस्थापनाको ग्यारेन्टी बिना नै सेन्टर खाली गर्न ताकेता गरिएको भन्दै सुकुम्बासीहरूले शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आफूहरूको उठिबास लगाउन लागिएको भन्दै आक्रोश व्यक्त गरे । गत वैशाख महिनामा काठमाडौँ उपत्यकाभित्रका नदीकिनारमा रहेका सुकुम्बासी बस्तीहरू हटाइएका थिए । त्यसबेला विस्थापित भएका परिवारहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो । यसैबीच, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार नै एक सूचना…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनबाट चुनिएका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन आयोजना भइरहेको उद्योग वाणिज्य सङ्घको हलमा आज साँझ साढे ६ बजे शपथ ग्रहण कार्यक्रमको समय तोकिएको छ । महाधिवेशनको पहिलो चरणको निर्वाचन प्रक्रियाबाट पार्टी सभापति र ९९ जना केन्द्रीय सदस्यहरू चुनिएका छन् । त्यसैगरी , दोस्रो चरणको प्रक्रियामा डा. स्वर्णिम वाग्ले उपसभापति पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी रहेका एक महिला उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि भने अहिले मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार…
काठमाडौँ । धितोपत्र बजारमा हप्ताको अन्तिम कारोबार दिन शुक्रबार पनि सूचकमा ओरालो लाग्ने क्रम रोकिएन । लगातार उतारचढावबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले ओरालो लागेर २६४९.५१ विन्दुमा ओर्लिएर बन्द भएको छ । आज बजारमा कुल ३५९ कम्पनीका ७७ लाख २७ हजार ६४९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४९ करोड ५८ लाख ४ हजार ५५२ रुपैयाँ बराबरको वित्तीय कारोबार भएको छ । समूहतर्फ हेर्दा होटल्स, हाइड्रोपावर, म्युचुअल फन्ड, निर्जीवन बीमा र ट्रेडिङ उपसमूहमा सुधार देखिए पनि बाँकी सबै क्षेत्रका लगानीकर्ताले गुमाएका छन् । उतारचढावका बीच आज स्नो रिभरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी टक्सार पिखुवा…
कञ्चनपुर । महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ लैजाँदै गरिएको ठूलो परिमाणको खरबुजाको बीउ सशस्त्र प्रहरीले बरामद गरेको छ । दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलाईन क्षेत्रबाट सशस्त्र प्रहरीको संयुक्त टोलीले ३४ लाख ३ हजार ४ सय रुपैयाँ मूल्य बराबरको बीउ र त्यसलाई ओसारपसार गर्न प्रयोग गरिएको ना ८ ख १९९४ नम्बरको ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकी र सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको संयुक्त टोलीले उक्त ट्रकलाई रोकेर खानतलास गरेको थियो । जाँच गर्ने क्रममा ट्रकमा बिना भन्सार लैजाँदै गरेको २ हजार २० केजी खरबुजाको बीउ फेला परेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले शुक्रबार बिहान चिया मात्रै खान पाएका छन् । आर्थिक स्रोतको संकुचन भएको भन्दै महाधिवेशन व्यवस्थापन पक्षले आज प्रतिनिधिहरूका लागि खानाको प्रबन्ध नगरेको जानकारी दिएको छ । विभिन्न आन्तरिक विवाद र ढिलाइले गर्दा छैटौँ दिनसम्म तन्किएको यस महाधिवेशनलाई आर्थिक संकटका बीच पनि आजै सम्पन्न गर्ने कार्यतालिका रहेको छ । महाधिवेशनको अन्तिम दिन भएकाले आज नयाँ पदाधिकारी चयन गर्दै कार्यक्रम समापन गर्ने तयारी भइरहेको छ ।
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न भू-भागमा अहिले मनसुनीसँगै पश्चिमी र स्थानीय वायुको मिश्रित प्रभाव देखिएको छ । हाल कोशी, मधेस र बागमती प्रदेशसहित गण्डकीका केही र लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय छ । देशका अन्य बाँकी हिस्सामा भने पश्चिमी र स्थानीय वायुको आंशिक असर रहेको मौसमविद्ले जनाएका छन् । अहिले देशभरका पहाडी तथा हिमाली भेगमा साधारणतया बदलीको अवस्था छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशको तराई र देशका उच्च पहाडी तथा…
काठमाडौँ । २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६ जुन २६ तारिख । जेठ शुक्ल पक्षको द्वादशी तिथि । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल: मेष: दिनको पूर्वार्ध निकै सुखद र लाभदायक रहनेछ। व्यापार व्यवसाय वा साझेदारीका कामबाट राम्रो सफलता मिल्नेछ। दिउँसोपछि भने स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ। गोप्य कुराहरू बाहिर आउने डर हुने भएकाले बोली र व्यवहारमा संयम रहनुहोला। वृष : शुरुमा प्रतिस्पर्धात्मक…
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले चिकित्सक र सर्वसाधारणका गुनासा तथा सुझावहरू डिजिटल माध्यमबाटै संकलन गर्न नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । काउन्सिलको सेवालाई समयसापेक्ष, छरितो र पारदर्शी बनाउने उद्देश्यले ‘हेलो एनएमसी’ अभियान सुरु गरिएको हो । यस नयाँ व्यवस्थासँगै अब सेवाग्राही तथा चिकित्सकहरूले आफ्ना समस्या, जिज्ञासा वा उजुरी दर्ता गराउन काउन्सिलको कार्यालयमै धाइरहनुपर्ने बाध्यता हटेको छ । काउन्सिलमा आबद्ध दर्तावाला चिकित्सकहरूले doctor.nmc.org.np मा रहेको आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर आफ्ना कुराहरू राख्न सक्नेछन् । त्यसैगरी, सर्वसाधारण नागरिकहरूका लागि काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा ‘हेलो एनएमसी’ पोर्टलको व्यवस्था गरिएको छ, जहाँ क्लिक गरेर सजिलै उजुरी वा सुझाव दर्ता…
काठमाडौँ । मुलुकमा वैकल्पिक विकास वित्त परिचालनका लागि कानुनी बाटो खुलेको छ । सङ्घीय संसदका दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भई स्वीकृतिका लागि शीतल निवास पठाइएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ लाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रमाणीकरण गरेसँगै यसले ऐनको रूप धारण गरेको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) मा व्यवस्था भएबमोजिम उक्त विधेयकलाई स्वीकृति प्रदान गरेका हुन् । नेपालको संवैधानिक व्यवस्था अनुसार सङ्घीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई आएका विधेयकहरू राष्ट्रपतिको प्रमाणीकरण पश्चात् मात्र देशमा कानुनका रूपमा लागू हुने प्रावधान रहेको छ…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
