Author: khaptadm-admin

काठमाडौँ । मुलुकको पूर्वी क्षेत्र नजिक बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी र स्थानीय वायूको संयुक्त प्रभावले गर्दा हाल देशको मौसमी प्रणालीमा परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले बदलीको अवस्था छ । मधेश प्रदेशमा हल्का बादल लागेको भए तापनि बाँकी तराईका भू-भागमा भने मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । यतिबेला कोशी र बागमती प्रदेशका केही सीमित स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भेगमा सामान्य बदली रहने देखिन्छ । कोशी,…

Read More

आजको राशिफल बिस २०८३ जेठ १४ गते बिहिबार ईस २०२६ मे २८ नेपाल सम्बत ११४६ अनालाथ्व  द्धादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल द्धादशी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वरियान योग, बालब करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर  ९ मिनेट देखि…

Read More

काठमाडौँ । मुलुकका विभिन्न विश्वविद्यालयहरूमा रिक्त रहेको उपकुलपति पद पूर्ति गर्ने कार्यले यतिबेला गति लिएको छ । सरकारले विभिन्न ८ वटा विश्वविद्यालयका लागि प्राप्त आवेदनहरूमध्ये मापदण्ड पुगेका उम्मेदवारहरूको दरखास्त स्वीकृत गर्दै छनोटको औपचारिक प्रक्रियालाई अगाडि बढाएको हो । उपकुलपति बन्न इच्छा देखाउँदै कुल २१८ जनाले आवेदन दिएकोमा आवश्यक योग्यता पुगेका १८८ जनाको दरखास्त मात्र स्वीकृत भएको छ । अहिले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षिजनक विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्ति गर्ने तयारी भइरहेको छ । सरकारले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ लागू गरी…

Read More

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाली टोलीले आफ्नो पहिलो खेलमै शानदार जित दर्ता गरेको छ । बायोमास ओभल मैदानमा बुधबार भएको समूह ‘बी’ को भिडन्तमा नेपालले चीनमाथि १९ रनको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद यात्रा प्रारम्भ गर्‍यो । नेपालले प्रस्तुत गरेको १२६ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा चिनियाँ टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०६ रन मात्रै जोड्न सक्यो । चीनका लागि मिङए झुले सर्वाधिक ३० रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन त्यो पर्याप्त भएन । चिनियाँ इनिङ्सलाई रोक्न नेपालकी बलर रिया शर्माले उत्कृष्ट बलिङ गर्दै २ विकेट झारिन् । यसअघि टस…

Read More

काठमाडौँ । आगामी मनसुन सिजन नजिकिँदै गर्दा मुलुकमा लामो समयसम्म खडेरी पर्न सक्ने जोखिम देखा परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस पटकको मनसुनी अवधिमा देशका अधिकांश भूभागमा औसतभन्दा कम पानी पर्ने सम्भावना छ । वर्षा कम हुने मात्र नभई यो समयमा अधिकतम र न्यूनतम दुवै तापक्रम समेत सामान्यभन्दा उच्च रहने विभागको आकलन छ । प्रशान्त महासागरको सतहको पानी असामान्य रूपमा तातेर मौसममा व्यापक फेरबदल ल्याउने ‘एल निनो’ प्रणाली विकसित हुन लागेकाले यस्तो परिस्थिति सिर्जना भएको हो । यो प्रणालीको प्रभावका कारण दक्षिण एशियाली क्षेत्रमै मनसुनी वर्षा कमजोर बन्ने, सुक्खा समय बढ्ने र अन्ततः कृषि क्षेत्रको उत्पादनमा…

Read More

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सङ्घीय संसदमा सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् बैठकमा आर्थिक वर्ष २०८२/८३ को विवरण पेश गर्दै विश्वव्यापी आर्थिक अस्थिरता र क्षेत्रीय तनावका बीच पनि नेपालका प्रमुख आर्थिक सूचकहरू सकारात्मक दिशामा अघि बढेको जानकारी दिनुभयो । उहाँले सामाजिक क्षेत्रका उपलब्धिहरू पनि सन्तोषजनक रहेको स्पष्ट पार्नुभयो । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने सरकारी अनुमान छ । विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण भइरहँदा नेपालको यो प्रगतिलाई उत्साहजनक मानिएको छ । समीक्षा अवधिमा नेपालको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय…

Read More

काठमाडौँ । सरकारले निजी अस्पतालहरूबाट उपलब्ध गराउँदै आएको स्वास्थ्य बीमा कार्यक्रमका नियमित सेवाहरूमा रोक लगाएको छ । स्वास्थ्य बीमा बोर्डले एक सूचना जारी गर्दै आउँदो शनिबार जेठ १६ गतेदेखि लागू हुने गरी आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरू स्थगित गरिएको जनाएको हो । बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार संस्थामा बढ्दै गएको वित्तीय सङ्कटका कारण यो कदम चाल्नुपरेको हो । अर्को निर्णय नभएसम्मका लागि निजी स्वास्थ्य संस्थाहरूबाट बीमितले आकस्मिक उपचारबाहेकका सेवा पाउने छैनन् । बोर्डका सूचना अधिकारी विकेश मल्लले दिएको जानकारी अनुसार यसअघि मुलुकभरका ३६ वटा निजी अस्पतालहरू यो कार्यक्रममा आबद्ध थिए । यो निर्णयसँगै अब बीमितहरूले बोर्डमा आबद्ध ४४२…

Read More

आजको राशिफल बिस २०८३ जेठ १३ गते बुधबार ईस २०२६ मे २७ नेपाल सम्बत ११४६ अनालाथ्व एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल एकादशी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, व्यतीपात योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर…

Read More

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य र पोषणमा सुधार ल्याउन दिवा खाजामा विशेष पहल सुरु गरेको छ । गाउँपालिकाले बालबालिकाको वृद्धि विकास र शिक्षण सिकाइ क्षमता बढाउने उद्देश्यले दिवा खाजा कार्यक्रममा पौष्टिक तत्वयुक्त ‘सुन्तला रङको सखरखण्ड’ समावेश गर्ने नीति अघि सारेको हो । विटामिन ‘ए’ को प्रचुर मात्रा पाइने यो खाद्यान्नले बालबालिकालाई कुपोषणबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ढकालका अनुसार हाल पालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम कार्यान्वयनमा आइसकेको छ । सामुदायिक मात्र नभई संस्थागत (निजी) विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरूसँग पनि यस विषयमा छलफल भइरहेकाले आगामी दिनमा पालिकाभरिका बालबालिकामा देखिने…

Read More

काठमाडौँ । रासायनिक मलको वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले नयाँ मापदण्ड लागू गर्ने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले अबदेखि किसानहरूले खेती गर्ने जमिनको क्षेत्रफल र उत्पादनको अनुपातलाई मुख्य आधार बनाएर मल उपलब्ध गराउने तयारी थालेको हो । मुख्यगरी धान खेतीको सिजनमा किसानलाई मलको अभाव हुन नदिने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठका अनुसार हाल देशभर झन्डै १ लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात अवस्थामा रहेको छ । यसका साथै धान बालीलाई नै लक्षित गरेर थप ४० हजार मेट्रिकटन मल आयात गर्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइएको छ । उनले…

Read More